नवरात्रीको पहिलो दिन शुभकामना साईकल ¥याली हुने

132
SONY DSC
Want create site? Find Free WordPress Themes and plugins.

आश्विन,१५
मकवानपुर साईक्लिङ्ग संघले नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, नेपाल सम्वत् ११३७ एवम छट पर्वको उपलक्ष्यमा नवरात्रीको पहिलो दिन शुभकामना साईकल ¥यालीका साथ शुभकामना आदान प्रदान तथा चियापानको कार्यक्रम ओ.एम.सी. बेंक्वेटमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष विन्द्र लाल श्रेष्ठ तथा उपाध्यक्ष जंग बहादुर गुरुङ्ग र टिम टेलिभिजनका प्रतिनिधी अशोक डंगोलको उपस्तिथी रहेको थियो । सो कार्यक्रमको संयोजक सन्तोषी अधिकारी रहनु भएको थियो भने कार्यक्रम संचालन संघका सचिव संगीत श्रेष्ठले गर्नु भएको थियो । उक्त कार्यक्रममा सम्पूर्ण नेपालीहरुको उत्तरोत्तर प्रगतीको कामना गर्दै मकवानपुर साईक्लिङ्ग संघले मकवानपुर जिल्लालाई पर्यटकिय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मसिंर महिनामा देशभरीका साइकिलीस्ट हरुलाई एकिकृत गराई मकवानपुर जिल्लाको ऐतिहासिक तथा पर्यटकिय क्षेत्र चित्लाङलाई राष्ट्रव्यापी रुपमा पहिचान गराउन भिजिट मकवानपुर कार्यक्रम अन्र्तगत राईड टु चितलाङ्ग को कार्यक्रम गर्ने संघका अध्यक्ष नरेशलाल श्रेष्ठले बताउनु भयो । आउँदा दिनहरुमा यसरी नै जिल्लाका विभिन्न स्थानहरुको प्रर्वद्धन गर्नको लागि कार्यक्रम गर्दै जाने बताउनु भयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here