नागस्वती टोलस्तरीय फुटबलमा नागडाँडा र धाप ११ बराबर

14
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१८-

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा शनिबारबाट सुरु भएको टोलस्तरीय फुटबल प्रतियोगितामा आज नागडाँडा फुटबल टिम र धाप ११ बिचको खेल बराबरीका रोकिएको छ  । हेटौंडा ७ नागस्वतीमा जारी खेलमा दुबै टिमबाट गोल हुन नसकेपछि बराबरीमा सकिएको बलिदान साप्ताहिकका कार्यकारी सम्पादक सुशिल सुबेदीले जानकारी दिए ।

धाप ११ ले नागडाडालाई खेलको अन्तिम समयसम्म दबाबमा पारेपनि प्रहार गरेका कुनै पनि बल गोल हुन सकेन । आजको खेलमा धाप ११ का गोल किपर मनिष गौतम म्यान अफ द म्याच हुन सफल भए । उनलाई ग्रेस ईन्टरनेशनल हेटौंडाका दिनेश जगं थापाले ट्रफि प्रदान गरेका थिए । प्रतियोगिता अन्तर्गत सोमबारको खेल दिउँसो ३ बजेदेखि आदर्श फुटवल टिम र अधेरी फुटवल टिमकाबिच हुने आयोजकले बताएको छ । २०५३ सालदेखि वार्षिक रुपमा निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगितामा प्रथम पुरस्कार ४० केजीको खसी धन थापाबाट र द्वित्तिय पुरस्कार ३५ केजीको खसी रबि श्रेष्ठबाट सौजन्य प्राप्त भएको बताइएको छ । प्रतियोगिताको लागि ट्रफी भने नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ले सौजन्य गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here