नापी कार्यालय हेटौँडामा भिषण आगलागी

178
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक,१०
हेटौँडा ५ मा रहेको नापी कार्यालय हेटौँडामा भिषण आगलागी भएको छ । आगलागीमा परि घाईते हुनेको सङख्या  ४० पुगेको मकवानपुरका प्रहरी नायब उपरिक्षक बामदेब गौतमले बताउनुभयो । गम्भिर घाइते भएका एक जनाको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । घाईतेहरुको मकवानपुरको चुरेहील, हेटौँडा अस्पताल, अर्थोपेडीक अस्पलातमा उपचार भैरहेको छ ।  आगलागीको कारण  उक्त भवनमा रहेको होटलमा ग्याँयसको सिलिन्डर पडकनु रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । हेटौँडा उपमहानगरपालिकाको दमकल तथा स्थानीय वासिन्दा, प्रहरी, नेपाल आर्मी सहितको टोलीले आगो आगो निभाएका थिए । आगलागीबाट ५ वटा मोटराईकल सहित लाखौको क्षति भएको प्रहरीले जनाएको छ । घाइते मध्य २ जनाको ढाड भाच्चीएको तथा एक दजर्नको हात खुट्टा भाच्चिएको प्रहरीको भनाई रहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here