नायिकाको एक्सनले भरिएको ‘तारेभीर’ आजबाट देशभरका हलमा

97
Want create site? Find Free WordPress Themes and plugins.

असार,२-

यो हप्ता २ नयाँ नेपाली चलचित्र रिलिज भएका छन् । आजबाट देशभरका करिब ४८ वटा हलमा चलचित्र ‘तारेभीर’ रिलिज भएको छ ।काठमाण्डौ बाहिरका ३७ र काठमाण्डौका ११ वटा हलमा चलचित्र रिलिज भएको निर्माणपक्षले बताएको छ ।

यो चलचित्रमा नायिकाको एक्सन हेर्न पाइनेछ । कृष्ण देवानको निर्माण र अभिनय रहेको यो चलचित्रलाई प्रेम सुब्बाले निर्देशन गरेका हुन् । चलचित्रले दुई छोरी मात्र भएको परिवारले भोगेको समस्या र उनीहरुको बदलाको कथालाई उठान गरेको छ ।

चलचित्रमा बिष्णु चेम्जोङ, रेखा फागो, नविन कार्की, रमेश सिंह, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ । नेक्स्ट जेनेरेसन इन्टरटेन्मेन्टको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । यस्तै, आजबाट चलचित्र ‘किन्ड्याप’ पनि रिलिज भएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here