नारायणी नदीमा पानीको सतह यो वर्षकै उच्च, नदी आसपासका क्षेत्रमा बाढीको खतरा

42
Want create site? Find Free WordPress Themes and plugins.

साउन ८ – नारायणी नदीमा पानीको सतह यो वर्षकै उच्च भएको छ । अहिले त्यहाँ पानीको बहाव ३ लाख क्यूसेक रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार नारायणी नदीमा २ लाख ८० हजार क्यूसेक भन्दा धेरै पानी भए चेतावनी तह पार गर्छ । नदीमा पानीको सतह उच्च भएकाले चितवनको मंगलपुर, दिब्यनगर, शारदानगर, आसपासका क्षेत्रमा बाढीको खतरा रहेको उहाँले बताउनुभयो ।

यस्तै नवरपरासीको गैंडाकोटबाट सुस्तासम्मका १४ गाविस पनि उच्च जोखिममा छन् । बाढीको सम्भावना रहेकाले नारायणगढ बजार र आसपासको क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन बाढीविज्ञ पराजुलीको आग्रह छ ।

उहाँले नारायणी नदीको देवघाट भन्दा तल त्रीवेणीसम्मका तटिय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सावधानी अपनाउन भन्नुभएको छ ।

शुक्रबार पश्चिम राप्तीमा पनि ठूलो बाढी आएको थियो । पश्चिम नेपालमा अहिले पनि पानी परिरहेकाले तिनाउँ, पश्चिम राप्ती, कर्णाली र बबईमा पानीको सतह बढ्दै गरेको बाढी पूर्वानुमान शाखाले जनाएको छ । पूर्वमा पनि मनसुन सक्रिय हुने भएकाले नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन शाखाले आग्रह गरेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here