निर्णय तत्काल सच्याउन पत्रकार महासंघ मकवानपुरलाई प्रेस चौतारीको आग्रह

56
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर,७
प्रेस चौतारी नेपाल, मकवानपुर शाखाले पत्रकार महासंघ मकवानपुरको बैठकले गरेको निर्णय सच्याउन माग गरेको छ । चौतारीका अध्यक्ष प्रकाश दाहालले आज एक विज्ञप्ती प्रकाशित गर्दै सदस्यको नविकरणको सन्र्दभमा गरिएको शुद्धिकरण अभियानले मकवानपुरे पत्रकारितालाई अहिलेको अवस्थासम्म ल्याउने पत्रकारहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरि अग्रज पत्रकारहरुको  अपमान रहेको भन्दै चौतारीले निर्णय सच्याउन आग्रह गरेको हो । चौतारीले महासंघका सस्थागत सदस्यहरु, भौतिक निर्माणमा योगदान गर्नुहुने, लामो समयदेअखि अविभावकत्व प्रदान गर्दै आएका पत्रकारहरुको स्वत नविकरण हुनुपर्ने भन्दै उक्त निर्णय सच्याउन आग्रह गरेको हो । महासंघको मंसिर ६ गतेको बैठकले शुद्धिकरणको अभियान भन्दै हाल समेत विभिन्न मिडियामा क्रियाशिल पत्रकारहरुलाई समेत नविकरण नगर्ने निर्णय गरेको भन्दै त्यसलाई तत्काल सच्याउन चौतारीले आग्रह गरेको हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here