निर्माणाधिन घरको छतबाट खसेर एक मजदुरको मृत्यु

59
Want create site? Find Free WordPress Themes and plugins.

असार ८ – रुपन्देहीमा घरको छतबाट खसेर एक जनाको ज्यान गएको छ । सैनामैना नगरपालीका–३ मा निर्माणाधिन घरको छतबाट खसेर खडवा बनगाइकी ३९ वर्षकी सरिता थारुको ज्यान गएको हो । घर निर्माणको काममा संलग्न थारु छतबाट खसेर घाइते भएपछि उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै गुडिरहेको मोटरसाइकलमा माथिबाट खसेको ढुंगा लागेर मोटरसाइकल चालक घाइते भएका छन् । सिद्धबाबामा माथिबाट खसेको ढुङ्गा लागेर बुटवल गोलपार्कका ४४ वर्षका अनिश श्रेष्ठ घाइते भएका हुन् । श्रेष्ठलाई बुटवलमा उपचार हुन नसकेपछि चितवनको भरपुर लगिएको प्रहरीले जनाएको छ

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here