निर्माण भएको लामो समयपछि प्रदर्शनको लागि बल्ल पायो गजितको ‘गल्ली’ले हल

124
Want create site? Find Free WordPress Themes and plugins.

निर्माण भएको लामो समयसम्म पनि प्रदर्शनमा अलमल भएको चलचित्र ‘गल्ली’ले बल्ल प्रदर्शन मिति तोकेको छ । यो चलचित्र कात्तिक १९ गतेबाट रिलिज हुने भएको छ । राजन चौलागाइको निर्माणमा तयार भएको यो चलचित्रलाई एनआर घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा गजित बिष्ट , नवराज राउत , स्वेता भट्टराई , नन्दु श्रीबास्तव,  ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ । चलचित्रको सार्वजनिक पोष्टरमा नायक गजित बिष्टलाई जुँगे प्रहरी अफिसरको रुपमा प्रस्तुत गरिएको छ । चलचित्रका गीतमा ओम सुनार र टंक बुढाथोकीको संगीत सुन्न सकिने छ । प्रदर्शन मिति सार्वजनिक भएसँगै चलचित्रको फस्टलुक पनि रिलिज गरिएको हो । यो चलचित्रलाई नायक बिष्टले पनि खुबै प्रतिक्षा गरेका थिए । तर, विभिन्न कारणले चलचित्रको रिलिज नहुँदा गजितलाई पनि केही अप्ठ्यारो भएको थियो । सायद, ‘गल्ली’ रिलिजले गजितको करिअरमा केही इट्टा थप्ला कि ?

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here