निर्माण व्यवसायी संघले गर्यो मउवा संघका नवनिर्वाचितहरुलाई सम्मान

91
Want create site? Find Free WordPress Themes and plugins.

पुुस,२७-

निर्माण व्यवसायी संघ मकवानपुरले आज मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरको छ । आज हेटौंडामा एक कार्यक्रमको आयोजना गरी संघका नवनिर्वाचितहरुलाई खादा लगाएर सम्मान गरेको हो । सम्मानित हुनेहरुमा मउवा संघका अध्यक्ष कृष्ण कटुवाल उपाध्यक्षहरु गणेश भेटवाल माधव न्यौपाने ,रामप्रसाद न्यौपाने ,लगाएत मउवा संघका अन्य नवनिर्वाचित पदाधिकारी रहेका छन् ।

निर्माण व्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर खड्गबहादुर गोपाली , मउवा संघका पुर्व अभ्यक्ष भुवनलाल क्षेष्ठ लगाएत मकवानपुरका निर्माण व्यवसायी तथा उद्योग व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै निर्माण व्यवसायी संघका अध्यक्ष आनन्दराम पराजुलीले हार व्यहोरेका उम्मेदवारहरुलाई पनि व्यवसायीको हितमा लाग्न अनुरोध समेत गरेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here