निर्वाचन क्षेत्र निर्धारणपछि दलहरुले थाले चुनावी तयारी

18
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१७–

प्रदेश र प्रतिनिधि सभाको आउँदो चुनावका लागि निर्वाचन क्षेत्र निर्धारण भएपछि गोरखामा क्रियाशिल राजनीतिक दलहरुले चुनावी तयारी थालेका छन् । निर्वाचन क्षेत्र निर्धारण नहुँदा अलमलमा परेका दलहरुले चुनावलाई लक्षित गरि आन्तरिक तयारी थालेका हुन् । पार्टीका आन्तरिक बैठकहरु बसेर चुनावी रणनीति, सम्भावित उम्मेदवार लगायतका विषयमा छलफल थाल्ने उनीहरुको तयारी छ । स्थानीय तहको चुनावमा ११ मध्ये ९ तहको प्रमुख जितेको नेपाली कांग्रेसले भदौभित्र पार्टीका भातृ संगठन लगायतको भेला सक्ने तयारी गरेको छ । ‘पार्टीका अब हुने सबै गतिविधिलाई निर्वाचन केन्द्रित गरेर अघि बढ्छ’ पार्टीका जिल्ला सभापति हरिबहादुर घलेले भन्नुभयो, ‘अब हामी चुनावमा होमियौं ।’ नेकपा माओवादी केन्द्रले पनि चुनाव लक्षित कार्यक्रम शुरु गर्ने तयारी गरेको छ । स्थानीय तहमा दुई प्रमुख जितेको माओवादी प्रदेश र प्रतिनिधिसभामा दोस्रो संविधानसभा चुनावको साख फर्काउने रणनीतिमा छ ।

सत्तागठवन्धनका दुई दलबिच चुनावी तालमेल हुन सक्ने सम्भावना भए पनि जिल्लामा आन्तरिक तयारी भने अघि बढाइने माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापाले बताउनुभयो । नेकपा एमालेले पनि पार्टीका जनवर्गीय संगठनको भेला र बैठक शुरु गर्ने पार्टीका अध्यक्ष प्रेम गुरुङले बताउनुभयो । नयाँ शक्ति पार्टीले भने पोखरामा हुने प्रदेश भेलापछि जिल्लामा निर्वाचन लक्षित गतिविधि अघि सार्ने जनाएको छ । नयाँ शक्ति पार्टीका केन्द्रिय संयोजक डाक्टर बाबुराम भट्टराईको गृहजिल्ला समेत भएकाले आउँदो प्रदेश र प्रतिनिधिसभा चुनावमा राजनीतिक शक्ति परीक्षण गर्ने उसको रणनीति छ । प्रदेशको बैठकपछिमात्रै सम्भावित उम्मेदवार लगायतका विषयमा गृहकार्य थाल्ने पार्टीको राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य ज्ञानेन्द्र कुमालले बताउनुभयो ।

निर्वाचन क्षेत्र निर्धारणप्रति असन्तुष्टि

गोरखाको निर्वाचन क्षेत्र निर्धारणप्रति चारवटै प्रमुख दलका नेताहरुले तीव्र असन्तुष्टि जनाएका छन् । क्षेत्र निर्धारणका लागि जिल्लाबाट दिइएको सुझावलाई बेवास्ता गरिएकोमा उनीहरुले असन्तुष्टि जनाएका छन् । क्षेत्रको सिमाङ्कन पनि बैज्ञानिक नभएको उनीहरुको भनाई छ । नेपाली कांग्रेसका सभापति हरिबहादुर घलेले रहनसहन र संस्कृति फरक भएको जिल्लाको उत्तरी क्षेत्रलाई अहिलेको निर्वाचन क्षेत्र निर्धारणले न्याय नगरेको बताउनुभयो । ‘आयोगले के सोचेर बनायो कुन्नि, हामीलाई चाहिँ मन परेन’ घलेको भनाई छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष लेखबहादुर थापाले पनि जिल्लामा क्रियाशिल दलहरुसँग छलफल नगरि क्षेत्र निर्धारण गर्दा जनअपेक्षाको सम्बोधन हुन नसकेको बताउनुभयो । एकै खालको संस्कृति भएका नागरिकलाई एउटै क्षेत्रमा पार्ने गरि सिमाङ्कन गर्नुपर्नेमा त्यसो नभएको उहाँको भनाई छ । ‘हामीले सुझाव पनि पठाएका थियौं, तर वास्ता गरिएन’ थापाले असन्तुष्टि ब्यक्त गर्नुभयो ।

नेकपा एमालेले गोरखाको क्षेत्र निर्धारण अवैज्ञानिक र अब्यवहारिक भएको बताएको छ । पार्टीका अध्यक्ष प्रेम गुरुङले यसप्रकारको क्षेत्र निर्धारणले दूरगामी असर पार्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिलेलाई त ठीकै छ भनेर हामी चुनावमा जाउँला तर यस्तो क्षेत्र विभाजनले पछि नागरिकलाई दूरगामी असर पार्छ ।’ नयाँ शक्ति पार्टी नेपालले पनि निर्वाचन क्षेत्र निर्धारणप्रति असन्तुष्टि जनाएको छ । विशेषगरि गोरखा नगरपालीकालाई टुक्राएर दुई वटा क्षेत्रमा विभाजन गर्दा नागरिक तहमा पनि मनोवैज्ञानिक समस्या पर्न सक्ने पार्टीका महाधिवेशन आयोजक समिति सदस्य एवम् पूर्व सांसद ज्ञानेन्द्र कुमालले बताउनुभयो । ‘एउटै वजारलाई दुई चिरा पारिएको छ’ उहाँ भन्नुहुन्छ, ‘यसरी गोरखा नगरपालीकालाई दुई टुक्रा पार्नै पर्ने कारण आयोगले कसरी पुष्टि गर्न सक्छ ?’

क्रियाशिल राजनीतिक दलका नेताहरुबाहेक निर्वाचन क्षेत्र निर्धारणप्रति गोरखाका नागरिक अगुवाहरुले पनि असन्तुष्टि जनाएका छन् । संगठित रुपमा प्रतिक्रिया नजनाए पनि उनीहरुले सामाजिक सञ्जाल मार्फत आफ्ना प्रतिक्रिया ब्यक्त गरेका हुन् । प्रदेशसभाको चुनावका लागि गरिएको क्षेत्र निर्धारण तुलनात्मक रुपमा राम्रो भए पनि प्रतिनिधिसभाका लागि गरिएको दुईवटा क्षेत्र निर्धारण अवैज्ञानिक भएको उनीहरुको भनाई छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here