निर्वाचित भएको १० मिनेटपछि हृदयघात भएर वडा सदस्यको मृत्यु

6
Want create site? Find Free WordPress Themes and plugins.

 असोज,५–

सप्तरीमा स्थानीय तहमा निर्वाचित भएपछि खुशीयाली साटासाट गर्ने क्रममा हृदयघातका कारण एक महिला वडा सदस्यको निधन भएको छ ।  सप्तरीको हनुमाननगर कङकालिनी नगरपालिका वडा नं. २ को दलित महिला वडा सदस्यमा निर्वाचित भए लगत्तै जितको खुशीयाली साटासाट गर्ने क्रममा देवी खत्बेको निधन भएको हो ।  राजपा नेपालबाट उम्मेदवारी दिएर २ सय २५ मतसहित दलित महिला वडा सदस्यमा निर्वाचित भएको १० मिनेटमा नै हृदयघातका कारण उहाँको निधन भएको हो । बिहीबार बेलुकी २ नम्बर वडाको मतपरिणाम सार्वजनिक भएलगत्तै खुशी साटिरहेका उहाँका मतदाता र कार्यकर्ता भने शोकमा परेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here