नेकपाका ज्वाला र सोम धरौटीमा रिहा

35
Want create site? Find Free WordPress Themes and plugins.

असार,१८-

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका मकवानपुर जिल्ला ईन्चार्ज बिरबहादुर घलान ‘ज्वाला’ र मजदुर नेता सोम घलान धरौटीमा रिहा भएका छन् । उनीहरुलाई जनही ६–६ हजार धरौटीमा छोडिएको हाम्रा विशेष संवाददाता राज सापकोटाले बताए । उनीहरु सहित नेकपाका जिल्ला सचिवालय सदस्य दिलिप लामालाई समेत प्रहरीले विशेष अनुसन्धानको लागि भन्दै नियन्त्रणमा लिएको थियो । उनीहरु मध्ये दिलिप लामा भने धरौटीमा यस अघि नै  रिहा भईसकेका छन् । नेकपाले बिना कारण प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै मकवानपुर बन्दको घोषणा समेत गरेको थियो । तर उनीहरुलाई छोडिने सर्तमा मकवानपुर बन्द फिर्ता लिइएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here