नेतृत्व विकासकालागि पत्रकारको समूह गठन

223
Want create site? Find Free WordPress Themes and plugins.

चन्द्र घलान, हेटौंडा,
असार १६ ÷सिद्धान्त अनुसन्धान महाविद्यालय संघ र विश्व शान्ति तथा एकिकृत परिवार संघ मकवानपुरको आयोजनामा आज ( बुधबार) सांगठनिक रुपमा यूवा नेतृत्व विकासका लागि पत्रकाहरुको समूह गठन गरिएको छ ।

संघका मकवानपुर जिल्ला संयोजक सुवास लामाको अध्यक्षतामा विश्व शान्तिकालागि यूवा नेतृत्व विकास गर्ने उदेश्यले रेडियो सरोबरका प्राविधिक प्रमुख तथा समाचारवाचक बलराम पुडासैनीको संयोजकत्वमा १२ सदस्सीय पत्रकारहरुको समूह गठन गरिएको हो । समूहका सदस्यहरुमा हेटौंडा टुडेका समाचार संयोजक तथा खबरब्रेक अनलाईनका सम्पादक धर्मेन्द्र दाहाल, खबरब्रेककै उज्जवल अधिकारी, रेडियो सरोबरका बजार प्रमुख बालकृष्ण दाहाल, स्टेसन कोअर्डिनेटर चन्द्र घलान, रेडियो मकवानपुरका अमर लामा, रेडियो निकासका प्रमुख प्राविधिक अर्जुन सञ्जेल, जुलुस साप्ताहिकका सम्पदाक तथा प्रकाशक शिव चौंलागाई, थाहा सन्देश राष्ट्रिय दैनिकमा कार्यरत बसन्त भट्टराई र पत्रकार राजेन्द्र योञ्जन,सवि लामा र शुशिला राई रहेका छन् ।

असार १५ अर्थात धान दिवसको अवसरमा सामूहिक दही चिउरा खाने कार्यक्रमसहित शुभकामना आदानप्रदान कार्यक्रम सहित समूहको गठन गरिएको हो । संस्थाले कुनै पार्टी, धर्म, जाति र सम्प्रदाय विशेष नभई विशुद्ध शान्ति तथा एकताको भावनाअनुरुप कार्य गर्ने बताइएको छ ।

संस्थाले आगामि दिनहरुमा पछिल्लो समयमा पत्रकारितामा देखिएको पित्त पत्रकारिताको अन्त्य गर्दै असल पत्रकारिताको विकासकालागि स्वदेश तथा विदेशमा विभिन्न तालिमको आयोजना गर्ने समेत जानकारी दिएको छ । कार्यक्रममा बोल्नुहुँदै संयोजक लामाले विश्व शान्ति तथा एकताको लागि मिडियाको माध्यमबाट समेत सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here