नेपथ्यको ‘रामा रामा’ गीतको भिडियो

46
Want create site? Find Free WordPress Themes and plugins.

नेपालको चर्चित ब्याण्ड नेपथ्यले आफ्नो नयाँ एल्बमको नयाँ गीत ‘हो रामा रामा’ सार्वजनिक गरेको छ । बिगतका दुई वर्षदेखि नेपथ्यले लाइभ कन्सर्टहरुमा यही गीतलाई कतिपटक सुनाइसकेको छ । ब्याण्डले आˆनो आधिकारिक युट्युब च्यानलमार्फत् भने यसलाई पहिलोपटक सार्वजनिक गरेको हो । सन् २०१४ मा दक्षिण कोरियाको राजधानी सउलमा यो गीत पहिलोपटक गाइएको थियो । सउलबाहेक यो गीतलाई ब्याण्डले दोहा, नेपालगञ्ज, पर्थ, सिड्नी, बि्रस्बेन, डार्बिन, दुबई, नारायणगढ, ललितपुर, लण्डन, न्यूयोर्क, एटलान्टा, ह्याम्बर्ग र भर्खरै पछिल्लोपटक कोपनहेगनमा समेत गाएर सुनाइसकेको छ । ‘भिडियोको टिजरमा उल्लेख गरिएजस्तै यो गीत थुप्रै सहरहरुमा प्रस्तुत गरेर नेपथ्यले परिक्षण गरिसकेको छ र अब विश्वभरिका श्रोताका निम्ती एकैपटक सार्वजनिक हुँदैछ,’ नेपथ्यलाई प्रस्तुत गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘ती सबै स्थानमा गीत गाउँदा दर्शकले जनाएको प्रतिक्रियालाई यस भिडियोमा समेटेर यो गीतसँगै दर्शकले माहोल कसरी तताउँदै आएका छन् भन्ने देखाउन खोजिएको छ ।’ नेपथ्यले आˆनो दसौ एल्बमका लागि गीतको रेकर्डिङ भर्खरै सम्पन्न गरेको छ र यो छिट्टै सार्वजनिक हुने तयारीमा छ । ‘हो रामा रामा’लाई नेपथ्यले नै झण्डै दस वर्षअघि लेखन तथा संगीत दिने काम गरेको हो । नेपथ्य टोलीका मुख्य गायक अमृत गुरुङका अनुसार गण्डक क्षेत्रको घाटु र सोरठी भाका यो गीतको आधारभूमि हो । यसका शब्दले ‘माया’ भनेर पुकार्दै नारी सौन्दर्यको बर्णन गरेको छ ।

<iframe width=”854″ height=”480″ src=”https://www.youtube.com/embed/NxYsecULdM4″ frameborder=”0″ allowfullscreen></iframe>

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here