नेपालका ‘हिन्दुविरोधी’लाई समाप्त पार्न सुब्रण्यम स्वामीको उर्दी

34
Want create site? Find Free WordPress Themes and plugins.

१४ फागुन, काठमाडौं । माथिको तस्वीरमा भएका दुई व्यक्तिमध्ये रातो लुगा लगाउने नेपाली हुन् र अर्का भारतीय जनता पार्टीका नेता हुन् । केपी ओलीको भारत भ्रमणको अघिल्लो दिन मोदीको दूत बनेर काठमाडौं आएका बीजेपी नेता सुब्रण्यम स्वामीले दिल्ली र्फकनासाथ नेपालका हिन्दुविरोधीलाई समाप्त पार्न उर्दी गरेका छन् ।

भारतमा आफ्ना विपक्षीमाथि अनुदार भएको आरोप खेपिरहेका बीजेपी नेताहरुले नेपालको मामिलामा पनि असहिष्णु अभिव्यक्ति दिन थालेका छन् । सुब्रण्यम स्वामीले नेपालका हिन्दुविरोधीलाई समाप्त पार्न भनेका छन् भने अर्का बीजेपी नेता तथा सांसद योगी आदित्यनाथले नेपालमा गैरहिन्दुहरु मन्त्री बनेको भन्दै आपत्ति जनाएका छन् ।

आफूलाई हिन्दु युवा जनशक्तिसंघ नेपालको अध्यक्ष अध्यक्ष बताउने बिकास ठाकुर यतिबेला दिल्लीमा बीजेपी नेताहरुलाई भेटेर नेपाल विरुद्ध उकास्दै हिँडेका छन् । उनै ठाकुरले काठमाडौंबाट फर्केका बीजेपी नेता सुब्रण्यमलाई दिल्लीमा भेटेर नेपालका संविधानमा रहेको धर्म निरपेक्षताको विरोधमा उकासेका हुन् ।

भारतको संविधानमा पनि धर्म निरपेक्ष उल्लेख छ । तर, ठाकुरले बीजेपीका नेतालाई भेट्दै नेपालमा हिन्दु राष्ट्र स्थापनाका लागि हारगुहार गरेका छन् ।

सुब्रण्यमसँग भेट गरेपछि ठाकुरले भनेका छन्- ‘उहाँले नेपालमा रहेका हिन्दुविरोधी शक्तिहरुलाई समाप्त पार्नका निम्ति काम सुरु गर्न सुझाव दिनुभएको छ ।’

काठमाडौंमा आफूले केपी ओली र प्रचण्डसँग गरेको भेटमा पनि नेपालमा हिन्दु राष्ट्र स्थापना गर्न आग्रह गरेको सुब्रण्यमलाई उधृत गर्दै ठाकुरले बताएका छन् ।

बीजेपी नेता तथा सांसद योगी आदित्यनाथले नेपालमा हिन्दु राष्ट्र स्थापनाका लागि जस्तोसुकै सहयोग गर्न आफू तयार रहेको वचन दिएको ठाकुरले बताएका छन् । तर, त्यो ‘जस्तोसुकै सहयोग’ के हो भन्ने स्पष्ट पारिएको छैन ।
आदित्यसँग भेट गर्दै विकास ठाकुर

आदित्यसँग भेट गर्दै विकास ठाकुर

साथै बीजेपी नेता आदित्यनाथले नेपालमा हिन्दुविरोधीहरु मन्त्री बनेको भन्दै आपत्ति जनाएको ठाकुरले बताएका छन् ।

दिल्ली पुगेका ठाकुरले केपी ओली नेतृत्वको सरकारमा गैरहिन्दुहरु पनि मन्त्री रहेको सूचना दिएपछि आदित्यनाथ जंगिएका हुन् । ठाकुर दिल्लीमा पुगेर नेपालको संविधानविरुद्ध विभिन्न भारतीय नेतासँग लविङ गर्दै हिँडेका छन् ।

असहिष्णु बीजेपी

नेपालको संविधानका विषयमा जथाभावी टिप्पणी गर्ने र नेपाल भारत सम्बन्धमा दरार ल्याउने कार्यमा आदित्यनाथ लगायता बीजेपी नेताहरुले भूमिका खेल्दै आचएका छन् । संविधान बन्नुपूर्व पनि आदित्यनाथले नेपाल आएर खुमबहादुर खड्कासँगै हिन्दुहरुको कार्यक्रममा उग्र भाषण गरेका थिए ।

त्यसो त यतिबेला बीजेपीमाथि भारतमै पनि असहिष्णु नीति लिएकोमा अर्को विरोध भइरहेको छ । हिन्दुबाहेक अरुलाई विभेद गर्ने, गाईको मासु खाएको आरोपमा मुस्लिमको हत्या गर्ने अनि गैरहिन्दुहरुमाथि आक्रमण गर्ने कार्यले गर्दा भारतमा बीजेपीमाथि अर्को विरोध भइरहेको छ । जेएनयु विद्यार्थी आन्दोलन र देशभक्त-देशद्रोहीको कित्ताकाट यसैको उदाहरण हो ।
तर, तिनै संकीर्ण हिन्दुवादी बीजेपी नेताहरुले नेपालको संविधानमा किटानी भइसकेको धर्म निरपेक्षताको विरोधमा हस्तक्षेपकारी अभिव्यक्ति दिन छाडेका छैनन् ।

बीजेपी नेताहरुले आफ्नै देश भारतलाई हिन्दुराष्ट्र बनाउन सकेका छैनन् । तर, उनीहरुले अर्काको देशमा यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भन्दैछन् । त्यसैगरी उनीहरुले आफ्नो देशमा गैरहिन्दुलाई मन्त्री बन्नबाट रोक्न सकेका छैनन्, तर आफ्नो घरको वास्ता नगरी छिमेकीको घरमा अनावश्यक चियो चर्चो गरिरहेका छन् ।

तर, यसमा ती नेपालीहरुको पनि कमजोरी छ, जो नेपालमा हिन्दुराष्ट्र हुनुपर्‍यो भन्दै आर्थिक, नैतिक र भौतिक सबैखाले सहयोग माग्न दिल्लीमा दौडधूप गर्छन् ।

नेपाललाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने माग सैद्धान्तिकरुपमा लोकतन्त्रमा स्वाभाविक मान्न सकिएला, तर भारतीय जातिवादी नेताहरुलाई गुहारेर भारु कमाउने भाँडोका रुपमा यो नारालाई प्रयोग गरिनु राष्ट्रघात हो कि देशप्रेम ? दिल्लीको जेएनयुमा जस्तै काठमाडौंमा पनि यसबारे बहस गर्ने कि ?

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here