नेपालको ग्रामिण भेगबाट अन्तररास्ट्रीय रोबोट प्रतिस्पर्धामा सहभागी

440
Want create site? Find Free WordPress Themes and plugins.

सन् २०१७ जुलाई १६ देखि १८ सम्म संयुक्त राज्य अमेरिकाको राजधानी वाशिंगटन डी सी मा संचालन भएको अन्तररास्ट्रिय रोबोट प्रतियोगिता : First Global Challenge-२०१७ बाट फर्किएका सहभागीहरुलेफर्पिंगमा अवस्थित शिखारापुर सामुदायिकक्याम्पसमाकरिब ६० जनाको उपस्थितिमा आफ्नाअनुभब आदान प्रदान गरेका थिए । शिखरापुर सामुदायिक विद्यालयका ४ जना विद्यार्थी र अरुणोदय उच्च माध्यमिक विद्यालयका २ जना बिद्यार्थीहरुरटिम मेंटरमेकानिकल इन्जिनियर सतिश अर्यालनेपाल टिमको प्रतिनिधित्वगरिFirst Global Challenge मा सहभागी भई फर्किएका थिए ।

Science, Technology, Engineering and Mathematics (STEM) कोक्षेत्रमाविश्वलाईयौटैपरिवारमा ल्याउनुयो कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो भने विश्वमा उत्पन्न भै रहेकाबिबिधसमस्याहरुलाई समूहकार्यबाट समाधान गर्न सकिन्छ भनेर चेतना बढाउनु यसको अर्को उद्देश्य रहेको थियो । यस प्रतियोगीतमा निलो रंगको बललाई सफा पानीको रुपमा लिईएको थियो भने सुन्तला रंगको बललाई फोहोरपानीको रुपमा लिईएको थियो । करिब १६० भन्दा बढी रास्ट्रले भागलिएको यस प्रतिस्पर्धामा प्रत्येक खेलमा तीन रास्ट्र यौटा समुहमा रहन्थे भने अरु तीन रास्ट्र अर्को समुहमा रहन्थे ।प्रत्येक खेल २ मिनेट ३० सेकेन्डको रहन्थ्यो । सो अबधि भरमा प्रत्येक समुहले निलो रंगको बल र सुन्तला रंगको बल दुई छुट्टा छुट्टै ठाउमा लगेर राख्न पर्ने थियो र खेल अबधि भरिमा रोबोट डन्डीमाझुन्ड्यउनसकेमाबढी अंक पाउने प्राबधान थियो । खेलमा प्रत्येक रोबोट को छुट्टा छुट्टै अंक नगनीसमुहगत अंक गनिने व्यवस्था थियो । यसरि यो खेलले समुहगत कार्यलाई प्राथमिकता दिएको थियो । यसखेललेबिस्वमा बढ्दै गई रहेको शुद्दखानेपानीको अभाबलाई समुहगत क्रियाकलापबाटसमाधन गर्न सकिने चेतना बृद्दी गरेको थियो ।

यस अनुभब आदानप्रदान कार्यक्रममा सहभागीहरुलेसमुह छनौट चरण देखि USA मा गई खेलखेल्दासम्म भोगेका रमाइला, सुखद, दुखदएबम सिकाईहरुको बारेमा अनुभब प्रदान गरेका थिए । छनौट चरणमा तेस्रो पक्षद्वारा ४ दिनको परिक्षणबाट६० भन्दा बढी बिद्यार्थीहरु मध्येबाट६ जना विद्यार्थीहरु छनौट गरिएको थियो । बिद्यार्थीहरुको बिज्ञान तथा प्रबिधि क्षेत्रको  रुची, नया बिषयमा उनिहरुको जिज्ञासा एबम प्रयोगात्मक कक्षाप्रति उनीहरुको रुचिको आधारमा सहभागीहरु छनौट गरिएको थियो ।

सहभागीहरु मध्येका एकजना सहभागी मिलन थापामगरको अनुभब- “म मेरो कक्षामा न पहिलो ५ जना नत पहिलो १० जना भित्र पर्छु, मलाई कक्षाकोठामा शिक्षक, शिक्षिकाहरुले Black Marker लेwhiteboard मा लेखेर पढाएको भन्दा कुनै सामग्री प्रयोग गरि पढाएको बढी मन पर्छ, मलाई सधै ब्यबहारिक कक्षा मन पर्छ, म जस्तोग्रामिणपरिवेशको बिध्यार्थिले ब्यबहारिक अध्ययन खोज्नुगार्होहो,हामी अझै कति बर्ष सरले घोकाएका बिषयलाई कपिमा उतार्दै राम्रो अंक पाउछौ थाहा छैन, तर यो Robotics विधा फरक रहेको र मलाई छनौट गर्नुभएकोमा Rukmini Foundation लाई हृदय देखि धन्यबाद दिन चाहन्छु,यसले मलाई बिज्ञान तथा प्रविधिको क्षेत्रमा लागिरहन हौशला प्रदान गरेको छ ।

अन्तररास्ट्रिय रोबोट प्रतियोगितामा भागलिन अवसरको सृजना Rukmini Foundation, USA ले प्रदान गरेको थियो । जब यो कार्यक्रमको बारेमा थाहा भयो, हामी दुविधामा थियौ. यो अबसर ग्रहण गर्ने वा त्याग्ने । बास्तबमा नेपालमाScience, Technology, Engineering and Mathematicsको क्षेत्रमा अरु क्षेत्र जस्तै उल्लेख्य विकास हुनसकेकोछैन, अझै Robotics क्षेत्रमा बामेसर्दै गरेको अवस्थामा यस्तो अवसर स्विकारी अगाडी बढाउनु फलामको चिउरा चपाउनु बराबर थियो – शशी शर्मा,तर राम्रो काममा सहयोगी हात अवश्य पाउछौ, र स्कुले भाईबहिनीहरुलाई अवशर दिएमा गर्न सक्छन भन्ने आत्मबिस्वाश हामीमाथियो र प्राप्त अवसरलाइ ग्रहण गर्ने निर्णय गरियोर सोही अनुशार कार्यक्रम अगाडी बढायौ रोबोटिक्स कक्षा संचालनको लागि मेकानिकल इन्जिनियर सतिश अर्याल एबम इलेक्ट्रोनिक्स एबम प्रोग्रम्मिंगको लागि USA मा रहनुभएका एबम Rukmini Foundation का Chief Technology Officerडा. संदेश अर्यालले सहजीकरण गर्नु भएको थियो ।

डा संदेश अर्यालको अनुभब – Skypeको प्रयोगबाट USA देखि राजधानीको कर्णालीभनेर चिनिने फर्पिंगमा कक्षा संचालन गर्नुसानो कुरा थिएन,एक त USA र नेपालबीचसमयको ठुलो फरक एबमकक्षा संचालनकोलागि राम्रो Bandwidth भएको इन्टरनेट सुबिधा आवस्यकपर्नेहुँदा सोको अभाबले धेरै समय कक्षा संचालनमा अबरोध भएको थियो साथै समय समयमापूर्ब सूचनाबिनाहुनेलोडशेडिंगलेसोचे अनुरुप कक्षा संचालनमा कठिनाई भई रहेको थियो । तर बिद्यार्थीहरुको सिक्ने इक्षाको अगाडी यस्ता समस्या समस्याको रुपमा रहिरहेन Rukmini Foundation-अझै पनि फर्पिंग क्षेत्रमा गुणस्तरीय शिक्षाप्रदान गर्नको लागि हरदम प्रयासरत छ, साथै सूचना तथा प्रविधिको नया प्रयोगबाट शिक्षक एबम बिद्यार्थीहरुको क्षमता बृद्दीको लागि प्रयासरत छ ।

समिर महर्जन– हामीले शुरुका कक्षाहरुमा नेपालमै प्राप्तहुने सामग्रीहरुको प्रयोग मार्फत रोबोटको बारेमा जानकारी लियौ/. Science and Technology का बिबिध शैधान्तिक बिषयलाई प्रयोगात्मकबिधि बाट बुझ्ने मौका पायौ/मेकानिकल, इलेक्ट्रिकल, इलेक्त्रोनिक्क्ससामाग्रीहरुएबम कम्प्युटर प्रोग्रामिंगको बारेमा जान्ने बुझ्ने मौका पायौ/हामीले इन्टरनेटको सहि उपयोग यहि रोबोटिक्सक्लबमा आएपछिगर्यौ भन्ने लाग्छ. हामी नजानेका कुरा इन्टरनेटमाखोजेरहाम्रा रोबोटिक्स मेंटरहरुसंग छलफल गर्थ्यौ/यसले हामीलाई नया अनुभब प्रदान गर्यो/ सिक्न जान्न इक्षा भएमा विश्व हाम्रो सामुरहेछ भन्ने बुझ्यौ/

दीप राज खत्री – हामीले रोबोट कसरि बनाउन सकिन्छ भनेर मात्रै सिकेनौ, हामीले सिमेन्ट, बालुवा, गिट्टी, बालुवा, काठ एबमफर्निचरलगायत रंग रोगनका काम समेत सिक्ने अवसर पाएका थियौ।रोबोटकोखेल मैदान बनाउने क्रममा यस्ता विधामासमेत ज्ञान हासिल गर्यौ ,हामी यौटै विधामावा क्षेत्रमामात्र सफल भएर नपुग्ने रहेछ, बिबिध आयामहरुमा हाम्रो क्षमता दक्षता हुनपर्ने रहेछ ।

बिपिन महर्जन- हामीलाईयहि रुकुबोट टिममा आए पछि बातावरण किन जोगाउन पर्छ, पृथ्वीमा हामीले गरेका क्रियाकिलप तथा बिकाश निर्माणका कामले कस्तो असर गरेका छन् र यो जोगाउन किन आवश्यक रहेछ भन्ने बुझ्ने मौका मिल्यो । हामी रोबोट बनाउनेगुडाउने बाहेक विद्यालयका भाईबहिनीहरु एबम बिद्यालय परिवारहरुलाईलाईबन वातावरण एबम पृथ्वी जोगाउन यसप्रति सजग एबम समर्पित हुन बिबिध रचनात्मक क्रियाकलापहरु संचालन गरि अभिप्रेरित गरेका थियौ ।

मोनिका कार्की- हामीलेदुई दिनमा ६ Round खेल खेल्नुपर्ने थियो। ६ Round खेलमा फरक फरक देश संग खेल्नुपर्ने हुन्थ्यो/पहिलोदिनको ३ राउण्डखेलमा हाम्रो रोबोटले राम्रो प्रदर्शन गर्नसकेन । पहिलो खेलमा अर्कोरोबोट आएर ठक्कर दिएर ब्याट्री संग wire connection टुट्यो र रोबोट खेलमैदानको बिचमा गएर रोकियो,हामीले नेपालमा खेलमैदान बनाई परिक्षणगर्दा हाम्रो रोबोट एक्लैहुन्थ्यो र संगै ६वटा रोबोट चलाएर परिक्षण गरेका थिएनौ जसले गर्दा त्याहा गएर खेल्दा सो समस्या भोग्नु पर्यो,सो समस्यालाई हामीले अर्को खेलखेल्ने बेला सम्ममा समाधान गर्यौ,अर्कोखेलको समयमा हामीलाईTablet माprogram run नभएर समस्या झेल्नु पर्यो ।First Globalबाट अर्को नयाTablet पायौ र सो समस्यासमाधान भयो र सोहि दिनको तेश्रो खेलमा रोबोटको चेन चुडिएरबारमा झुन्ड्यउन समस्या भयो साथै मोटरमा समेत समस्या भयो । यसलाई हामीले चैन टाइट गर्यौ र अर्को नया मोटर प्रयोग गर्यौ । यसबाटके सिक्यौ भने काम गर्दा समस्या आउछ समस्या आयो भन्दैमा डराउन भाग्न एबम हतोत्शाहीहुनु हुदैन,समस्या आएपछि धेरै सिकिने जान्ने मौका प्राप्त हुदो रहेछ । हामीले समस्याहरुबुझ्यौ अनि समाधान गर्ने तरिका पनिसिक्यौ । जसको कारण हामी दोश्रो दिनको खेलमा यौटा खेलमा सो प्रतिष्पर्धा मध्ये सर्बोत्क्रिस्ट अंक प्राप्त गर्न सफल भयौ साथै अघिल्लो दिनमा वरियताक्रममा १६३ टिम मध्ये १०० भन्दा माथि रहेको हाम्रो टिम लाई ३८ स्थान सम्म उकाल्न सफल भएका थियौ । हामी दक्षिणएशियाली रास्ट्रहरु मध्य दोस्रो हुन सफल भयौ ।

रुबी बलामी- हामीले160 देशका विभिन्न व्यक्ति संग छलफल अगाडी बढाउन सकेका छौ, हामीSTEM Family मा आवद्द हुन सकेका छौ ।हाम्रोपरिवेश, हाम्रो सफलता, हाम्रोlimitations आदि हामीले बिश्वसामु प्रस्तुत गर्न सकेका छौ,हामीलाईSTEMकोक्षेत्रमा अगाडी बढन यो प्रतियोगीतालेमहत्वपूर्ण ढोका खोलेको छ ।पछि सम्म यहि विधामा रहेर अझै उल्लेख्य कार्यगर्ने धोको रहेको छ ।

सतिश अर्याल, टिम मेन्टर – हामीमा जोश, जाँगर, इक्षाशक्ति एबम क्षमता सबै रहेछ । हामीमा सक्दैनौ जान्दैनौ भन्ने लघुताभाषले गर्दा हामीधेरै कुरामा पछाडी परेका रहेछौ। यदि हामीलाई अवसर र स्रोतहरु उपलब्ध हुनसकेमा हामी सबै क्षेत्रमा अगाडी बढ्न सक्ने रहेछौ । हो हाम्रो पुर्खाले धेरै ज्ञान बाढेर जानु भयो, धेरै क्षेत्रमा विकास गरेर समेत जानु भएको छ साथसाथै धेरै समस्याहरु समेत सिर्जना गरेर जानु भएको छ, जस्तै नदि नाला विषाक्त, बायु प्रदुषण, पृथ्वीको तापक्रम बृद्दी, भोकमरी आदि,ती समस्याहरुको समाधान समन्वय, सहकार्यएबम समुह कार्यबाट युबाहरुको नेतृत्वले प्रविधिको मार्फत समाधान गर्न सकिने शिक्षा हासिल गरेका छौ ।हो राजनीतिले देश देश बीच बिखण्डन सृजना गरि रहेको छ तर प्रविधिले विश्वलाईएक बनाउन मद्दत गरिरहेको छ । First Global Challenge -2017 यसको यौटा सफल एबम नमुना कार्यक्रमको रुपमा प्रस्तुत हुन सफल भएको छ ।

 

 

 

 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here