नेपालको ग्रामिण भेगबाट अन्तरास्ट्रिय स्तरको रोबोटिक्स प्रतिस्पर्धामा सहभागी हुदै

606
Want create site? Find Free WordPress Themes and plugins.

बैशाख,११-

जुलाई १६ देखि २० तारिख सम्म usa मा हुन लागेको १६२रास्ट्रकोअन्तररास्ट्रीय रोबोटिक्स प्रतिस्पर्धाकोलागि काठमाडौँको ग्रामिण भेग फर्पिंग क्षेत्रबाट६ जना बिद्यार्थी सहभागी हुदै छन् । रुक्मिणी फाउन्डेसन तथाFirst.Global कोआर्थिक एबम प्राबिधिक सहयोगमा तथा शिखरापुर एबम अरुणोदय उच्च माध्यामिक बिद्यालयको सहभागितामा नेपालको तर्फबाट रोबोटिक्स प्रतिस्पर्धाको तयारी हुदै गरेको छ । अन्तरास्ट्रिय स्तरमा रहेको समस्याहरुलाई खेल मार्फत अन्तरास्ट्रिय स्तरमा चेतनाबढाउनु समेत यो प्रतिस्पर्धाको उधेश्य रहेको छ । यस प्रतिस्पर्धामा बिद्यार्थीहरुले खेलमार्फत प्रदुषित पानी सफा कसरि गर्न सकिन्छ भन्ने बिषयमा रोबोटको प्रयोगबाट खेल प्रदर्शन गर्ने छन् साथै बिद्यार्थीहरुलाई Science, Technology, Engineering and Mathematics(STEM) सम्बन्धि ज्ञान दिनु समेत यो प्रतिस्पर्धाको उधेश्य हो ।

December 2016 को पहिलो हप्तामा अरुणोदय उच्चमा बिकाकरिब ३४ जना बिद्यार्थी र शिखारापुर् माविका तर्फबाट करिब ३४ जना बिद्यार्थी छनौट चरणमा सहभागी रहेका थिए । ६८ जना बिद्यार्थीहरु मध्ये जम्मा ६ जना बिद्यार्थी सहभागी हुन सक्ने सो अन्तरास्ट्रिय प्रतिस्पर्धामा बिद्यार्थी छनौटका लागि तेश्रो पक्षबाट मुल्यांकन गरि बिद्यार्थीहरु छनौट गरिएको थियो ।

नेपालको तर्फबाट बिद्यार्थीहरुलाई आवश्यक कक्षा संचालन Distance Learning समेत प्रयोग गरिएको छ । Distance Learning को लागि रुक्मिणी फाउन्डेसनका डा. संदेश अर्यालबाट साप्ताहिक रुपमा ४-६ घण्टा कक्षा संचालनको व्यवस्था गरिएको छ भने दैनिक कक्षा संचालनमा सहजीकरण मेकानिकल इन्जिनियर श्री सतिश अर्यालले गर्नु भएको छ । दैनिक कक्षा संचालन पश्चात सहभागी बिद्यार्थीहरुले आईपरेका समस्याहरु अनलाईन सिस्टम मार्फत ब्यक्त गर्नेछन र सोहि बमोजिम समस्याहरु समाधान गरिने आयोजक पक्षले बताएको छ ।

मानवि बानिया

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here