नेपालको जनसंख्या बराबर मोबाइल सिमकार्ड वितरण

56
Want create site? Find Free WordPress Themes and plugins.

२५ फागुन, काठमाडौं । नेपालको कुल जनसंख्या बराबर मोबाइल सिमकार्ड वितरण भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।

मोबाइल सेवा प्रदायक कम्पनीले मंसिरसम्म दुई करोड ७२ लाख ९१ हजार सिमकार्ड वितरण गरेका छन् । जबकी नेपालको जनसंख्या पनि करिव करिव यही हाराहारीमा छ । नेपालमा तीनवटा मोबाइल सेवा प्रदायक कम्पनी नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम रहेका छन् ।

नेपाल टेलिकमले जिएसएम र सिडिएमए पोष्टपेड पि्रपेड मोबाइल सेवा प्रदान गरिरहेको छ । एनसेल र स्मार्ट टेलिकमले जिएसएम पोष्टपेड पि्रपेड सेवामात्र दिइरहेको छ ।

कुल मोबाइल प्रयोगकर्तामध्ये एनसेलका सबैभन्दा बढी ग्राहकहरु रहेका छन् । जसले मंसिरसम्म एक करोड ३० लाख ३९ हजार सिम वितरण गरिसकेको छ ।

नेपाल टेलिकमको मोबाइलकर्ता एक करोड एक करोड २८ लाख ९२ हजार रहेका छन् । जसमध्ये जिएसएमका एक करोड १५ लाख ६९ हजार र सिडिएमएका१३ लाख २३ हजार प्रयोगकर्ता रहेका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here