नेपालको तर्फबाट प्रतिनिधित्व जनाउन न्यौपाने जापान लागे

11
Want create site? Find Free WordPress Themes and plugins.

आश्विन,६-

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने “व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य” विषयक तालिममा सहभागी हुन आज जापान प्रस्थान गरेका छन् । प्रत्येक वर्ष औद्योगिक क्षेत्रको विविध विषयमा विश्वका विभिन्न देशका प्रतिनिधिहरुलाई तालिम दिदै आएको जापानको AOTS (HIDA) को आयोजनामा हुन गईरहेको तालिममा सहभागि हुन न्यौपाने त्यस तर्फ प्रस्थान गरेका हुन् । आश्विन ९ देखि २० गते सम्म जापानको नारितामा हुने तालिममा नेपालको तर्फबाट मकवानपुर बेभरेज प्रा.लि. का सञ्चालक समेत रहेका न्यौपानेले प्रतिनिधित्व गर्ने बताईएको छ । विश्वका करीब डेढ दर्जन देशका प्रतिनिधिको सहभागिता रहने उक्त तालिमले उद्योगहरुका मजदुर, कर्मचारीहरुको स्वास्थ्य र सुरक्षामा अपनाउनुपर्ने सावधानी, मापदण्ड लगायतका क्षेत्र तालिमको विषयवस्तु रहने जनाईएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here