नेपालगञ्जमा एक रिक्सा चालकको हत्या

32
Want create site? Find Free WordPress Themes and plugins.

असार ६ – नेपालगञ्जमा एक रिक्साचालक मजदुरको हत्या भएको छ । आइतबार राति ११ बजेतिर घरबाट निस्किएका नेपालगञ्ज-२१ जयसपुरका रिक्सा मजदुर राजबाबु पठानको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार घटनाको अनुसन्धानका लागि कार्यालयका अनुसन्धान अधिकृत बीरबहादुर थापाको नेतृत्वमा प्रहरीले टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ । पठानको घाँटी, टाउकोमा चोट देखिएकोले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय नेपालगञ्जका अनुसार पठानको शव सोमबार बिहान भेटिएको हो । पारिवारिक स्रोतका अनुसार मृतक पाठनलाई राति कसैले मोबाइलमा फोन गरी घर बाहिर बोलाएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here