नेपालबाट पनि देखिइरहेको छ खग्रास चन्द्रग्रहण, यसरी हेर्न सकिन्छ:-LIVE

6
Want create site? Find Free WordPress Themes and plugins.

माघ,१७-

आज लागिरहेको खग्रास चन्द्रगहण नेपालबाट देखिइरहेको छ । नेपालबाट उक्त ग्रहण साँझ ५ बजेर ३२ मिनेटदेखि ९ बजेर ५४ मिनेटसम्म देख्न सकिने जनाइएको छ । चन्द्रगहण खग्रासमा साँझ ६ बजेर ३६ मिनेटमा प्रवेश गरी ७ बजेर १४ मिनेटमा मध्य हुने र ७ बजेर ५३ मिनेटमा मुक्त हुने खगोलविदहरुले जनाएका छन् ।

काठमाडौमा चन्द्रमा साँझ ५ बजेर ३६ मिनेटमा उदाउने हुदाँ चन्द्रमा उदाउने समयमा नै चन्द्रग्रहण लागिसकेको अवस्थामा देखिइरहेको छ । सौर्य मण्डलका सम्पूर्ण ग्रहहरु आफ्नो कक्षमा परिभ्रमण गर्नुका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ, यसै परिभ्रमण गर्ने क्रममा चन्द्रमा र सूर्यको बीचमा पृथ्वी पर्न गई सूर्यको प्रकाश छेकिएर पृथ्वीको छाँया चन्द्रमा पर्दा चन्द्रग्रहण हुन्छ । चन्द्रग्रहण खग्रास र खण्डग्रास हुन्छ नेपालबाट २०७४ श्रावण २३ राती खण्डग्रास चन्द्रग्रहण देखिएको थियो ।  चन्द्र ग्रहणलाई नाङ्गै आँखाले अवलोकन गर्न सकिन्छ । उक्त ग्रहण लागेको समयमा मानव जातिमा पर्ने प्रभावका सम्बन्धमा कुनै पनि वैज्ञानिक प्रमाणहरु हालसम्म प्राप्त हुन सकेका छैनन् ।

उक्त खग्रास चन्द्रग्रहण कीर्तिपुर स्थित वी.पी.कोइराला राष्ट्रिय विज्ञान सङ्ग्रहालयको परिसरबाट पनि प्रत्यक्ष रुपमा अवलोकन गर्ने कार्यक्रम रहेकोले सर्वसाधारणहरुले यस परिसरबाट पनि अवलोकन गर्न सक्नेछन् । अहिले अवलोकन भैरहेको छ ।    प्राय वर्षमा दुईवटा चन्द्रग्रहण देखिन्छ गर्दछ । आजदेखिने खग्रास चन्द्रग्रहणलाई खगोलशास्त्रीहरुले दुर्लभ चन्द्रग्रहणको रुपमा लिइएको छ । ब्लूमुन, ब्लडमुन र सुपरमुन एकैचोटी पर्न गएको हुनाले यस्तो भनिएको हो, जो सन् १८६६ पछि सन् २०१८ मा देखिएको छ । १५२ वर्ष पछि यस्तो संयोग पर्न गएकोले यसलाई सुपर बिल्यु ब्लड मुनको रुपमा चित्रण गरिएको हो । यी सबै कुरा एकैचोटी पर्नुलाई दुर्लभ दृश्यको रुपमा लिइने खगोलविदहरुले बताएका छन् ।

एकै महिनामा दुइ पूर्णिमा (जनवरी २ र जनवरी ३१) परेको खण्डमा दोश्रो पूर्णिमालाई ब्लूमुन भनिन्छ भने चन्द्रमा र सूर्यको बीचमा पृथ्वी पर्न गइ सूर्यको किरणलाई पृथ्वीले छेकेर पृथ्वीको छाँया चन्द्रमामा पर्न जाँदा प्रकाश अपवर्तन कारणले चन्द्रमा ग्रहण लाग्दा रातो देखिन्छ । जस्लाई ब्लड मुन भनिन्छ, जुन सूर्य अस्ताउदाको बखतको जस्तो हुन्छ ।  नेपालबाट अर्को खग्रास चन्द्रग्रहण २०७५ साल श्रावण ११ गते राती शुक्रवार देख्न सकिनेछ । यसपटकको चन्द्रग्रहण  नेपाल लगायत, अस्ट्रेलिया, एसिया, पूर्वी युरोप उत्तर अमेरिका प्रशान्त महासागर, इन्डियन महासागर क्षेत्रबाट देख्न सकिने छ ।  पश्चिम युरोप, अफ्रिका र दक्षिण अमेरिकामा भने चन्द्रग्रहण देख्न सकिने  खगोलविदहरुले बताएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here