नेपालली नक्कली नागरिकतासहित दुईजना बंगलादेशी पक्राउ

42
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २३ – सुनसरीको इनरुवाबाट नेपाली नक्कली नागरिकतासहित पक्राउ परेका दुई बंगलादेशीलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ । बंगलादेशको ट्याङगल जिल्ला घर भएका हायात मियाँ भनिने आसान मियाँ र पावना जिल्ला घर भएका समशेर भन्ने सिजारोल मल्लिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको हो । उनीहरुलाई कात्तिक १९ गते इनरुवा नगरपालिका–६ स्थित जमजम होटलबाट पक्राउ गरिएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेका बंगलादेशीहरुको साथबाट ३०४५्र२५६६ र ३०४५्र२८८४ नम्बरको नक्कली नेपाली नागरिकता बरामद भएको प्रहरीले जनाएको छ ।  बरामद नागरिकतामा आसान मियाँका पिता पश्चिम कुशाहा–९ ठेगाना भएका इनुस मियाँ र सिजारोल मल्लिकका पश्चिम कुशाहा-४ का सुलेमान मियाँ भएको उल्लेख छ ।  दुबैलाई जिल्ला अदालत सुनसरीबाट सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here