नेपालले बनायो इतिहास लाओस पराजित

36
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक २७ – नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेर इतिहास रचेको छ । मलेसियाको नेगेरी रङ्गशालामा भएको सेमिफाइनल खेलमा नेपालले लाओसलाई टाइब्रेकरमा ३-० ले हराएको हो । नेपालका गोलकिपर किरण चेमजोङले लाओसको लगातार दुइवटा प्रहार रोकेर नेपाललाई फाइनलमा पुर्‍याए । लाअाेसकाे एउटा प्रहार बाहिरिएकाे थियाे । टाइब्रेकरमा नेपालका सुजल श्रेष्ठ, हेमन गुरुङ, बिक्रम लामाले गोल गरे ।
नेपाली राष्ट्रिय फुटबल टिम एसियाली फुटबल महासंघ एएफसीको प्रतियोगितामा फाइनलमा पुगेको यो पहिलोपटक हो । पछिल्लो पटक सन् २००६ मा बंगलादेशमा भएको एएफसी च्यालेन्ज कपमा नेपालले फाइनलमा पुग्ने राम्रो अवसर बनाएको थियो । तर त्यो प्रतियोगिताको सेमिफाइनलमा श्रीलंकासँग पराजित भएपछि नेपालको महादेशीय प्रतियोगिताको फाइनल पुग्ने सपना टुटेको थियो । त्यतिबेला टुटेको नेपालको सपना शनिबार लाओसलाई हराउँदै साकार भयो । खेलको १७ औँ मिनेटमै लाओसले गोल गरेर अग्रता लिएको थियो । नेपालका बिमल घर्तीमगरले खेलको ४७ औँ मिनेटमा बराबरी गोल फर्काए । निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा नेपालका लागि अनन्त तामाङले गोल गरेर २–१ को अग्रता दिलाएका थिए तर त्यो धेरै समय टिकेन र लाओसले बराबरी गोल फर्काएको थियो । नेपाल समूह ‘ए’को विजेता तथा लाओस समूह ‘बी’को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । नेपालले ब्रुनाई र मकाउबीचको बिजेतासँग आउँदो मंगलबार उपाधिका लागि खेल्ने छ । यी दुई बीचको खेल अहिले भइरहेको छ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here