नेपालले मलेसियालाई ५ विकेटले हरायो, सन्दिप लामिछानेको शानदार बलिङ

48
Want create site? Find Free WordPress Themes and plugins.

साउन,३–

उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ ।  ५९ रनको लक्ष्य नेपालले  ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको गरेको हो । पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ ओभर ५ बलमा ५८ रन बनाएको थियो ।  बलिङको तुलनामा नेपालको ब्याटिङ भने केही कमजोर देखियो । ८ बलमा ६ रन बनाउँदा सन्दिप सुनार र ६ बलमा ५ रन बनाउँदा आदिल खान आउट भएका छन् । २० बलमा २३ रन बनाउँदा आसिफ शेख आउट भए । उनले ५ चौका हाने । दिपेन्द्र सिंह ऐरी ५ बलमा ४ रन बनाउँदा आउट भए । अनिल शाह शून्यमै आउट भए । प्रनित थापा मगरले १२ बलमा १८ रन साथै रोहित कुमार पौडेलले ५ बलमा ४ रन बनाए । २ सय ४१ बल बाँकी छँदै नेपालले लक्ष्य पूरा गरेको हो ।

टस जितेर फिल्डिङ रोजेको नेपाली बलिङ निकै उत्कृष्ट रह्यो । नेपालका सन्दिप लामिछानेले ५, पवन सर्राफले ३, किशोर महतो र सन्दिप सुनारले एक एक विकेट लिए । सन्दिप लामिछानेले पहिलो खेलमा सिंगापुरको ५ विकेट लिएका थिए ।

मलेसियाका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका किशोर महतोले पहिलो ओभरमा विकेट लिएका हुन् । उनले मोहम्मद आमिरलाई शून्यमै आउट गरे । दोस्रो विकेट सन्दीप लामिछानेले लिए । उनले सैफुल्लाह मल्लिकलाई ३० बलमा ८ रन बनाउँदा आउट गरे । पवन सर्राफले २ बलमा १ रन बनाएका सायद अजिज र नइम नाज्लेलाई शून्यमा आउट गरे । सन्दीप लामिछानेले ४२ बलमा ९ रन बनाएका विरनदीप सिंहलाई आउट गरे । ६ बलमा ७ रन बनाएका अमार हजलानलाई पवन सर्राफले आउट गरे । सन्दीप लामिछानेले  ४ बलमा २ रन बनाएका मोहम्मद अफिजलाई र ऐनुल हाक्किमलाई १६ बलमा ५ रन बनाउँदा आउट गरे । सोलिहिन रुसिललाई सन्दिप सुनारले शून्यमै आउट गरे ।  सन्दिप लामिछानेले २७ बलमा ९ रन बनाएका हैकल खैरलाई आउट गरे र आफ्नो पाँचौ विकेट लिए ।  पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here