नेपालसँग एशिया कप छनौट खेल्न ताजकिस्तानको टोली काठमाडौंमानेपालसँग एशिया कप छनौट खेल्न ताजकिस्तानको टोली काठमाडौंमा

8
Want create site? Find Free WordPress Themes and plugins.

भदौ,१७-

एशिया कप छनौटमा मंगलबार नेपालसँग हुने खेलका लागि ताजकिस्तानको टोली काठमाडौं आइपुगेको छ । ताजकिस्तानको टोलिलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । एशिया कप छनोटको आफ्नो तेश्रो खेलमा नेपालले मंगलबार एन्फा कम्लेक्स सातदोबाटोमा ताजकिस्तानसँग खेल्ने छ । फिलिपिन्ससँगको खेलमा मनिलामा पराजित भएको नेपालले यमनलाई ३ महिनाअघि भने हल्चोकमा बराबरीमा रोकेको थियो । होम एण्ड अवे पद्दतिमा हुने समूह चरणको खेलपछि समूहको शीर्ष २ स्थानमा परेमा नेपाल सन् २०१९ मा हुने एशिया कपमा छनौट हुने छ ।  पिलिपिन्स ६ अंकसहित समूहको पहिलो स्थानमा छ । ४ अंक बटुलेको यमन दोश्रो तथा एक अंक मात्र बटुलेको नेपाल तेश्रो स्थानमा छ । ताजकिस्तानले भने यसअघिका दुवै खेल हारेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here