नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ को हेटौँडामा पत्रकार सम्मेलन

23
Want create site? Find Free WordPress Themes and plugins.

असोज,३०-

यही कार्तिक ९ गते छठ पर्वलाई लक्षित गर्दै प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ बन्नुको कारण हेटौँडामा खुलाइएको छ । हेटौँडामा आज पत्रकार सम्मेलन गर्दै चलचित्रका निर्माता एवं कलाकार निर्मल शर्मा ‘गैँडा’ ले चलचित्र बन्नुको कारण खोलेका हुन् । अमेरिका छँदा नायक रमेश उप्रेतीलाई उनको चलचित्रको बारेमा धेरै प्रश्नहरु आउँथ्यो । नायक भएको र उनले खेलेको चलचित्रका बारेमा खुलेर प्रश्न गरिन्थ्यो तर प्रश्नकर्तालाई राम्रो ईफेक्टहरु प्रयोग गरी उनले अभिनय गरेका नेपाली चलचित्रहरु देखाउने अवस्था त्यो बेला थिएन । उनले भोगेको त्यही अवस्थालाई परिपुर्ति गर्ने हेतुका साथ स्पेशल ईफेक्टका साथमा यो चलचित्र निर्माण गरिएको हो ।

नायक उप्रेतीका अनुसार यो उनको करिब २ वर्ष लगाएर तयार पारिएको सपना बोकेको चलचित्र हो । चलचित्रका बारेमा प्रतिकृया दिँदै उनले चलचित्रले ठूलो समाजिक परिवर्तन नल्याउने तर दर्शकलाई बाँधेर राख्न सक्ने बताए । उनले आफु चलचित्र क्षेत्रमा खलनायक भएर प्रवेश गरेको भन्दै चलचित्रमा नायक भन्दा खलनायकलाई नायक जस्तो देखाईको पनि बताए । चलचित्रमा प्रशान्त ताम्राकार खलनायकको रोलमा छन् । उनको लागि पनि यो चलचित्र विशेष रहेको ताम्राकारको भनाई छ । चलचित्रमा सुपर मोडल बन्ने चाहाना बोक्ने युवतीका रोलमा अभिनय गरेको बताउँदै नायिका दिपिका प्रसाईँले यो उनको डेब्यू चलचित्र भएकोले आफ्नो लागि स्पेशल भएको बताए । कुल १  करोड ७५ लाख लागतमा निर्माण भएको चलचित्रको सहयोग सहित जोड्ने हो भने करिब ३ करोड लागत पुग्ने बताइएको छ । चलचित्रमा केकी अधिकारीको पनि मूख्य भूमिका छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here