नेपाली र अमेरिकी सेनाबिच संयुक्त सैन्य अभ्यास

23
Want create site? Find Free WordPress Themes and plugins.

असोज ३० – नेपाली सेना र अमेरिकी सेनाले संयुक्त रुपमा सैन्य अभ्यास गरेका छन् । नेपाली सेनाको तालिम शिविर नगरकोटमा रहेको महावीर गण रेञ्जर र अमेरिकी सेनाको बि कम्पनी, फस्ट बटालियन स्पेसल फोर्स गु्रप एअरबोनबिच अभ्यास व्यालेन्स नेल १७–३०४५ सञ्चालन भएको हो ।अभ्यासमा विभिन्न सैनिक युद्धकलालगायत अन्तर्राष्ट्रिय मानवीय कानुन, मानव अधिकार जस्ता विषयहरुमा आधारित रही छाउनीस्थित महावीर गण र तालिम शिविर नगरकोटमा आउँदो मंसिर ३ गतेसम्म सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यासको लागि अमेरिकी सेनाको टोली गत बिहिबार आवश्यक तालिम सामग्रीसहित नेपाल आइपुगेको थियो । यस प्रकारको संयुक्त अभ्यास नेपाली सेना र अमेरिकी सेनाबीच विगतदेखि नै सञ्चालन हुँदै आएको छ । यो अभ्यासबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवको आदानप्रदान हुनेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here