नेपाल आइडलको टप-१८ बाट बाहरिएकी विद्याको ‘हेल्लो हाई’मा प्रियंकाको डान्स र गिरिसको र्‍याप

260
Want create site? Find Free WordPress Themes and plugins.

साउन,६-

नेपाल आइडलको टप-१८ बाट बाहरिएकी विद्या तिवारीले आफ्नो पहिलो गीत र भिडियो सार्वजनिक गरेकी छिन् । ‘हेल्लो हाई’ बोलको गीतमा नायिका प्रियंका कार्कीलाई प्रस्तुत गरिएको छ । गीतमा विद्यालाई र्‍यापर गिरिस खतिवडाले साथ दिएका छन् । सहदेव ढुंगानाले लेखेको गीतमा शिखर सन्तोषले संगीत भरेका हुन् । गीतमा प्रियंकाले खुलेर नाचेकी छिन् । भिडियोको निर्देशन र कोरियोग्राफी दिपेन्द्रसिंह ठकुरीले गरेका छन् । ‘म पहिलो गीत लिएर आएकी छु । मलाई विश्वास छ कि सबैले मेरो पहिलो सांगीतिक प्रस्तुतीलाई मन पराइदिनुहुन्छ’ तिवारीले भनिन् । उनले आइडलबाट बाहरिएपछि आफ्नो संगीत यात्रा थप अघि बढ्ने बताएकी थिइन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here