नेपाल आउँदै चिनियाँ मोबाइल साओमी

40
Want create site? Find Free WordPress Themes and plugins.

Xiaomi-Mi4सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन बेचेर बिश्वभर तहल्का मच्चाएको चिनियाँ स्मार्टफोन कम्पनी ‘साओमी’ले नेपालमा पनि बिक्रि सुरु गर्ने भएको छ ।

साओमीले नेपालकै प्रतिष्ठित ब्यापारिक समूह सारदा ग्रुपलाई आफ्नो आधिकारिक वितरिक चयन गरेको छ । सारदा ग्रुप अन्तर्गतको वत्सल इम्पेक्सले साओमी फोन नेपालमा साओमी मोवाइलको बजारीकरण हुनेछ ।

साओमीलाई एक महिनाभित्रै नेपाली बजारमा ल्याइसकिने सारदा ग्रुपका निर्देशक गौरव सारदाले जानकारी दिए । ‘मार्च महिनाभित्रै नेपालमा लन्च गर्ने तयारी भइरहेको छ’ उनले भने ।

साओमीको नेपालभर डिलर बन्न इच्छुक कम्पनीहरुलाई संजालमा जोडिनका लागि आह्वानसमेत गरेको छ ।

स्थापनाको छोटो समयमै चर्चित बनेको साओमी बिश्वकै मूल्यवान स्टार्टअप कम्पनीमध्ये पर्दछ । एन्ड्रोइड फोन उत्पादन गर्ने साओमीले सस्तो मूल्यमा उत्कृष्ट स्मार्टफोन बजारमा उपलब्ध गराएर प्रतिस्पर्धी सामसुङ र एप्पललाई आच्छुआच्छु पारिसकेको छ ।

चीनमा ठूलो बजार हिस्सा भएको साओमीले भारत र इन्डोनियाजस्ता ठूला बजारमा पनि आफुलाई स्थापित गरिसकेको छ । अनलाइन सेल्स र उत्कृष्ट बजार नीतिका कारण साओमीले प्रतिस्पर्धी स्मार्टफोन कम्पनीहरुलाई चुनौती दिइरहेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here