नेपाल आउने पर्यटकलाई टेलिकमको निःशुल्क सिमकार्ड

49
Want create site? Find Free WordPress Themes and plugins.

20 फागुन, काठमाडौं । नेपाल टेलिकमले विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षबाटै निःशुल्क रुपमा सिम वितरण गर्न सुरु गरेको छ ।

बुधबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सचिव दिनेश कुमार थपलियाले निःशुल्क सिम वितरण कार्य सुभारम्भ गरे ।

कार्यक्रममा मन्त्री राईले टेलिकमले विदेशी पर्यटकहरुलाई निःशुल्क सिम वितरण कार्य आरम्भ गरेर पर्यटन प्रबर्द्धनलाई टेवा पुर्‍याउने काम गरेको बताए । उनले टेलिकमले निःशुल्क सिम वितरण कार्यलाई निरन्तरता दिइरहने विश्वास समेत व्यक्त गरेका छन् ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा टेलिकमले सिम वितरण सुरु गरेको हो । हाललाई आगमन कक्षमा रहेको पर्यटन बोर्डकै डेस्कमार्फत सिम बितरण गरिने छ । विदेशी पर्यटकहरुको पासपोर्ट र फोटोको आधारमा सिम प्रदान गरिने छ ।

उक्त सिमकार्डमा ५० रुपैयाँको टल भेल्यू समेत रहेको छ । पर्यटकलाई नेपाल आउदा सञ्चार सम्पर्क र इन्टरनेट सुविधा सहज होस भन्ने उद्देश्यसहित निःशुल्क सिम उपलब्ध गराउन थालिएको हो ।

भ्रमणमा रहेका पर्यटकहरु कथंकदाचित् सम्पर्कविहीन भएमा पनि उक्त सिममार्फत लोकेसन ट्रयाक गरी उद्धार गर्न समेत सहज हुनेछ । यसले गर्दा पर्यटकहरु थप सुरक्षित हुने विश्वास गरिएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here