नेपाल ईन्जिनियर्स एशोसिएसन क्षेत्रीय केन्द्र हेटौंडाको आयोजनामा बुद्धचोकमा रक्तदान कार्यक्रम

19
Want create site? Find Free WordPress Themes and plugins.

 श्रावण,२-

नेपाल ईन्जिनियर्स एशोसिएसन क्षेत्रीय केन्द्र हेटौंडाको आयोजनामा आज (सोमबार) हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम संचालन भईरहेको छ । भोलि श्रावण ३ गते ईन्जिनियर्स दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा रत्तदान कार्यक्रम गर्न लागिएको रत्तदान कार्यक्रमका संयोजक विक्रम भट्टराईले बताए ।

नेपाल ईन्जिनियर्स एशोसिएसन हेटौंडा केन्द्रका कोसाध्यक्ष समेत रहेका भट्टराईले आज हेटौंडामा र भोलि जिल्लाका विभिन्न स्थानमा रक्तदान कार्यक्रम संचालन गरिने समेत बताए । कार्यक्रम बिहान ८ बजे देखि सुरु भएको र दिनको १२ बजे सम्म संचालन हुने समेत उनले बताए । रत्तदान जिवनदान भएकोले ईच्छुकलाई १२ बजे सम्म समय रहेको जानकारी दिए ।  कार्यक्रममा करिब ६० जनाले रक्तदान गर्ने उदेश्य राखिएको छ भने हाल सम्म २० जनाले रत्तदान गरिसकेका छन्

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here