नेपाल नेत्रहिन संघ मकवानपुरद्रारा ह्वील चेयर प्रदान

58
Want create site? Find Free WordPress Themes and plugins.

असार,२६-

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३, छतिवनका अपाङ्गता भएका एकै घरका दिदी र दुई दाजुभाईको अनुहारमा आइतबार खुसीको चमक देखियो । जन्मदेखि नै गोडा राम्ररी नचल्ने समस्या झेलिरहेका ज्ञानीमाया घिसीङ् र उनका दुई दाजुभाई उत्तर घिसीङ, र टोकबहादुर घिसीङकोअनुहारमा एक गैर सरकारी संस्थाले खुसी प्रदान गरेको हो । नेपाल नेत्रहिन संघ मकवानपुरले प्रदान गरेको ह्वील चेयर पाएर उनीहरु दङ्ग देखिन्थे ।

संघले पुनस्थापन कार्यक्रममार्फत अपाङ्गता भएका उनीहरुलाई दुई थान ह्वील चेयर प्रदान गरेको हो । आफ्नै घरमा आएर ह्वील चेयर सहयोग गर्दा आफूहरुको खुसीको सीमा नभएको उनीहरुले बताए । ‘हालसम्म खासै सहयोग पाउँन सकिरहेका थिएनौं, अहिले पाइएको सहयोगले हामीलाई सहजता हुनेछ ।’ ज्ञानीमायाले भनिन्, ‘तपाईंहरु घरैमा आएर गर्नुभएको सहयोग कहिल्यै भुल्न सक्दिन ।’   शारिरिक रुपमा अपाङ्गता भएका कारण अरु मानिसले झैं काम गर्न नसक्दा आफूलाई दुःख लाग्ने गरेको उनले बताइन् । ‘अपाङ्गता भएका कारण अरु मानिसले झैं काम गर्न नसक्दा दुःखलाग्छ तर पनि केही गरौं भन्ने आँट छ ।’ उनी भन्छिन्,‘ सहयोग गर्ने भेटिए भने सकेको  गर्छु। ’  ह्वील चेयर पाएका उत्तरले पनि सहयोगी संस्थाले आफूहरुलाई सहयोग गरेकोमा खुसी लागेको बताए । ‘एउटै घरका हामी तीन जना अपाङ्गता भएकालाई सहयोग गर्नुभयो, खुसी लागेको छ । ’उनले भने । ह्वील चेयरबाट अब आफूलाई वरपर गर्न साह्रै सजिलो हुने उनी बताउँछन् ।  नेपाल नेत्रहिन संघका पुनस्थापन कार्यक्रमका क्षेत्रिय निर्देशक प्रेम महर्जनले ह्वील चेयर हस्तान्तरण गर्दै अपाङ्गता भएकालाई सहयोग गर्नु नै संस्थाको लक्ष्य भएको बताए । ‘हाम्रो कार्यक्रमको उद्घेश्य नै अशक्तलाई सघाउ पुर्याउनु हो । ’ उनले भने,‘शारिरिक रुपमा अपाङ्गता भएका व्यक्तिलाई सहयोग गरेर उनीहरुलाई पनि केही गर्नसक्ने साहस प्रदान गर्ने अभियानमा हामी छौं ।’  पुनस्थापन कार्यक्रम अन्तर्गत संघका तर्फबाट छतिवनका दृष्टिविहीन पदमबहादुर विश्कर्मा र बकैया गाउँपालिका वडा नम्बर ४ पाङदुेरेका राजकुमार राइलाई आयमुलक कार्यका लागि १५ हजार रुपिया निरब्याजी ऋण प्रदान गरिएको छ । दृष्टि विहीन भएकाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन आयमुलक काममा लाग्नका लागि निरब्याजी ऋण प्रदान गरिएको उनले बताए ।

नर्वेजिएन नेत्रहिन तथा अल्पदृष्टियुक्त संघ (एनएवीपी) ले सहयोगमा संघले मकवानपुरमा अपाङ्गता भएकालाई सहयोगको कार्यक्रम गर्दै आइरहेको छ । गाउँगाउँमा अपाङ्गता भएकालाई ह्वील चेयर बाँड्ने, आयमुलक कार्यक्रमका दृष्टि विहीनलाई निरब्याजी ऋण प्रदान गर्नुका अलावा दृष्टिविहीनलाई उपचार सहयोग, विद्यालय र क्याम्पसका विद्यार्थीलाई छात्रवृति, सङ्गठन विस्तार कार्य पनि आफूहरुले गरिरहेको महर्जनले बताए । मकवानपुरको हेटौंडा उपमहानगरको बस्तीपुर, हटिया, भीमफेदी, कोगटेका गरी १३ जनाभन्दा बढी दृटिविहीनलाई आयआर्जनमा सघाउ पुर्याउन १० हजार देखि २५ हजार रुपिया सम्म निरब्याजी ऋण सहयोग गरिएको संघले जनाएको छ । मकवानपुरको छतिवनमा ३ र पालुङमा एक गरी ४ वटा ह्वलील चेयर अपाङ्गता भएका व्यक्तिका लागि सहयोग गरिएको महर्जनले जानकारी दिए ।  पुनस्थापन कार्यक्रम सञ्चालन गर्नुपूर्व मकवानपुरमा अपाङ्गताको अवस्थाबारे ४० जना गणकहरुले पाँच महिना लगायर गरेको तथ्याङ्क सङ्कलन कार्यमा मकवानपुरमा सबै प्रकारका अपाङ्गता भएका व्यक्ति १० हजार ८ सय १ जना रहेको पत्ता लागेको थियो । यसमध्ये ४ हजार ५ सय ६ जना निको हुने दृष्टि विहीन र ७ सय ८ जना निको नहुने दृष्टिविहीन रहेको पाइएको थियो । यीनै अपाङ्गता भएका व्यक्तिका लागि उनीहरुको आवश्यकताको आधारमा मकवानपुरमा सहयोगको भइरहेको संघले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here