नेपाल–भारत संयुक्त आयोगको बैठकमा आज मन्त्रीस्तरीय छलफल

72
Flag of Nepal. Creation: (c)2007 T. Demand, Wallpaper: 2011 T. Demand, Wpic This wallpaper is free to be used as a desktop wallpaper on your computer. Any other usage, publication, distribution is not allowed.
Want create site? Find Free WordPress Themes and plugins.

कात्तिक ११ – नेपाल–भारत संयुक्त आयोगको बैठकमा बिहीबार मन्त्रीस्तरीय छलफल हुँदैछ । बैठकमा दुई देशबिच विगतमा भएका सम्झौता र आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा वृहत समीक्षा हुनेछ । बैठकको अध्यक्षताका लागि परराष्ट्र मन्त्री प्रकाशसरण महत नयाँ दिल्ली पुगिसक्नु भएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको भारत भ्रमणका क्रममा तथा विगतदेखिकै नेपाल–भारतबिचका विभिन्न सहमति, सम्झौता तथा आयोजनाको कार्यान्वयनका बारेमा बृहत समीक्षा र कार्यान्वयनमा भएका ढिलाइका विषयमा छलफल हुने बताउनु भएको छ ।  बिहीबारको मन्त्रीस्तरीय बैठकका लागि बुधबार दुवै देशका विदेश सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरुबिच छलफल भएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here