पट्याउन मिल्ने एप्पलको स्मार्टफोनमा एलजीको डिस्प्ले

14
Want create site? Find Free WordPress Themes and plugins.

एप्पलले भविष्यमा बजारमा ल्याउने भनिएको फोल्ड गर्न मिल्ने स्मार्टफोनका लागि एलजी कम्पनीको डिस्प्ले प्रयोग गर्ने भएको छ । द इन्भेस्टरको रिपोर्ट अनुसार एलजीको डिस्प्ले डिभिजनले एप्पलको आगामी फोल्डेबल स्मार्टफोनको डिस्प्ले उत्पादन गर्नेछ ।

एलजी इन्नोटेकले स्मार्टफोनका लागि फ्लेक्सिबल पि्रन्टेड सर्किट बोर्डहरु उत्पादन गर्न सुरु गर्ने तयारी तीब्र पारेको पनि समाचारमा उल्लेख गरिएको छ । एप्पलले सन् २०२० सम्ममा फोल्डेबल स्मार्टफोन लञ्च गर्ने बताइएको छ । यसले एलजीलाई फ्लेक्सिबल ओएलइडी स्त्रिmनको बजार निर्माण गर्न पर्याप्त समय मिल्नेछ । साथै योसँगै एलजी डिस्प्ले निर्माणमा एप्पलका लागि सामसुङको विकल्प पनि बन्न सक्नेछ । यसअघि सार्वजनिक एक समाचार अनुसार एलजीको नयाँ डिस्प्ले कारखानामा एप्पलले २ अर्ब ६० करोड डलर लगानी गर्ने तयारी गरेको थियो । तर यो सम्झौता अहिलेसम्म भैनसकेको बताइएको छ ।

यद्यपि बजारमा लचकदार डिस्प्लेयुक्त फोल्डेबल स्मार्टफोन आउन केही समय लाग्नेछ । एप्पल भन्दा अघि सामसुङले फोल्डेबल स्मार्टफोन ल्याउने तयारी गरिरहेको छ । एन्ड्रोइड गाइ नामक वेबसाइटको रिपोर्ट अनुसार सामसुङले गत महिना सामसुङ एक्स नामक स्मार्टफोनका लागि त्यहाँको उत्पादन प्रमाणिकरण एजेन्सीबाट उत्पादन प्रमाणिकरण प्राप्त गरिसकेको छ । उक्त स्मार्टफोन फोल्डबेल स्क्रिनयुक्त हुने बताइएको छ । सामसुङको मोबाइल व्यवसाय विभागका प्रमुख कोह डोंग जिनले अर्को वर्ष सन् २०१८ भरिमा सामसुङको फोल्डेबल स्मार्टफोन बजारमा आउने एपीसँग खुलासा गरिसकेका छन् । साथै ग्यालेक्सी नोट सिरिजमा फोल्डेबल स्मार्टफोन आउने समेत बताइएको छ ।

एजेन्सी

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here