पत्रकारको माइक्रोफोन खोसी तालमा फयाके रोनाल्डोले

40
Want create site? Find Free WordPress Themes and plugins.

असार ९ – पोर्चुगल बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा हंगेरीसँगको ३–३ को बराबरीमा रोकियो । तर उत्कृष्ट तेस्रोमा पर्दै अन्तिम १६ मा भने पुग्यो । यो खेलमा पोर्चुगलको तीनै गोलका लागि रोनाल्डो कारण बने । दुई गोल उनी आफैले गरे भने एक गोलका लागि नानीलाई सहयोग गरे । तर यो खेल अघि रोनाल्डोले तयारीका क्रममा रहेका बेला अन्तर्वाता लिन आएका पत्रकारको माइक्रोफोन तालमा फालेर उनी विवादमा तानिए । रोनाल्डोले बुधबार अन्तिम खेलको तयारीमा रहेका बेला लाइभ अन्तर्वाता गर्न आएका सिएमटिभीका पत्रकार डिएगो टोरेसको माइक्रोफोन नजिकैको तालमा फालेका हुन् ।
तर पत्रकार टोरेसले भने रोनाल्डोको व्यवहारमा नकारात्मक पत्रकारिता कारक रहेको बताएका छन् । पत्रकार टोरेसले भने ‘मैले रोनाल्डोसँग खेलका लागि तयार हुनुहुन्छ भनेको थिएँ । रोनाल्डोले जवाफ दिएनन् । मेरो माइक्रोफोन समातेर तालमा पो फालिदिए ।’ रोनाल्डोले किन यस्तो गरे भन्ने आफूलाई थाहा नभएको पत्रकार टोरेसले बताए । उनले भने ‘मलाई लाग्छ यो अन्जानमा भएको हो । रोनाल्डोलाई यसबारे जानकारी भएको भए यस्तो हुँदैनथ्यो होला ।’ पत्रकार टोरेसले भने ‘हामी पोर्चुगलको मुख्य पत्रिकाले सञ्चालन गरेको टेलिभिनका प्रतिनिधि हौं । हामीले उनका बारेमा धेरै समाचार बनाएका छौं । केही उनलाई मन नपरेको हुन सक्छ । त्यही कारणले उनले यस्तो गरे की । तर यो व्यक्तिगत कुरा भने होइन ।’
पत्रकार टोरेसले अघि भने ‘रोनाल्डो वा टिमले घटनाको विषयमा माफि मागेका छैनन् । हामी खेलाडीसँगै एउटै जहाजमा आयौं अनिसँगै फर्कियौं ।’
– एजेन्सीको सहयोगमा

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here