पत्रकार खड्काद्वारा निर्देशित म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

99
Want create site? Find Free WordPress Themes and plugins.

मकवानपुरका पत्रकार कपिल खड्काले निर्देशन गरेका ‘ भावनाको भिँडमा म त हराएको मान्छे ’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हेटौँडामै छायाँकन भएको सो म्युजिक भिडियो संग्स नेपालको युटुव च्यानल मार्फत् सार्वजनिक भएको हो ।
खड्का निर्देशित म्युजिक भिडियोको गीतमा गणेश तिमल्सीनाको शब्द्ध रहेको छ भने  गीतलाई गायक प्रविण खनालले आवाज  दिएका छन् । प्रेमी–प्रेमीकाको कथामा आधारित यस म्युजिक भिडियोमा मोडल सुरज गौतम , दिपशिखा लामा र पत्रकार गणेशदर्पण अधिकारीको अभिनय रहेको छ । वरिष्ठ संगीतकार राजनराज शिवाकोटीको संगीतमा  निर्माण भएको यस गीतलाई चन्द्रा चौधरीले मिश्रण गरेका हुन् । भिडियोको छायाँकारको रुपमा राजेश मगरान्ती रहेका छन् भने निर्माण नियन्त्रकको रुपमा रामबहादुर भोम्जन रहेका छन् ।  यस म्युजिक भिडियोलाई अधिकांश युवाहरुले मन पराउने विश्वास आफुले लिएको निर्देशक खड्का बताउँछन् ।

हेर्नुस् भिडियो 

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here