पत्रकार महासंघ दाङमा सविन प्रियासनको प्यानल विजयी

33
Want create site? Find Free WordPress Themes and plugins.

फागुन,१३-

नेपाल पत्रकार महासंघ दाङ शाखामा सविन प्रियासन नेतृत्वको प्यानल निर्वाचित भएको छ । प्रियासन नेकपा एमाले निकट प्रेस चौतारीका केन्द्रीय उपाध्यक्षसमेत हुन् । उनको विरोधमा प्रेस चौतारीकै दुर्गालाल केसीको अर्को प्यानल चुनावी प्रतिस्पर्धामा थियो । चुनावमा प्रेस युनियन र प्रेस सेन्टरको समर्थन पाएका प्रियासनको पक्षमा १४९ मत परेको छ । उनका निकटतम प्रतिद्वन्द्वी केसीले ९१ मत पाए । सविन प्रियासनको प्यानलबाट उपाध्यक्षमा डिल्ली मल्ल (प्रेस सेन्टर), महिला उपाध्यक्षमा लिला शाह (प्रेस युनियन) र सचिवमा भुपेन्द्र प्रकाश ओली (प्रेस सेन्टर) निर्वाचित भएका छन् । यसैगरी सहसचिवमा गोकर्ण पौडेल (प्रेस चौतारी), महिला सहसचिवमा शर्मिला विसी (प्रेस युनियन) र कोषाध्यक्षमा आरके शितल (प्रेस युनियन) निर्वाचित भएका छन् । अधिवेशनमा २५९ मतदातामध्ये २४३ जनाले मतदानमा भाग लिएका थिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here