पशुपतिको चार किल्लामा नशालु पदार्थ निषेध

27
Want create site? Find Free WordPress Themes and plugins.

२३ फागुन, काठमाडौं । महाशिवरात्रीको बेला पशुपतिनाथ मन्दिर क्षेत्र वरपर मद्यपान-धुम्रपान गर्न र किनबेच गर्न स्थानीय प्रशासनले रोक लगाएको छ ।

महाशिवरात्री सोमबार परेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आइतबार सूचना निकालेर मांस, मदिरा, गाँजा भाङ, धतुरो तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको जानकारी दिएको हो ।

गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपतिको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगादेखि उत्तर तथा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणतर्फको चार किल्लामा नशालु पदार्थ निषेध गरिएको हो ।

पवित्र पशुपति क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले सबै प्रकारका नशालु पदार्थ र मासु प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले बताए ।

निर्देशन अवज्ञा गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारवाही हुने उनले चेतावनी दिएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here