पश्चिम रूकुममा ट्रयाक्टर दुर्घटना, एकको मृत्यु, तीन गम्भीर

6
Want create site? Find Free WordPress Themes and plugins.

पुष,२०-

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ९ सिम्लीमा ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर र एकजना सामान्य घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग सडक निर्माण कार्यमा लागेको चन्द्रा एण्ड बशन्त कन्स्ट्रक्सन प्रा.ली.को म १त१३५ ट्रयाक्टर व्याक गर्ने क्रममा दुर्घटना भएको हो । ट्रयाक्टर करिब ३० मिटर तल खसेको स्थानीयवासीले जनाएका छन् । दुर्घटनामा रुकुम पश्चिम आठबीसकोट नगरपालिका-११ गोइरीका प्रेम कामीको मृत्यु भएको हो । सोही ठाउँका उत्तम कामी, गणेश पुन र कैलाली घर भएका ट्रयाक्टर चालक रामसागर चौधरी घाइते भएका छन् । आठबीसकोट घर भएका दलिबहादुर विक सामान्य घाइते भएको घाइतेका आफन्त प्रेम विकले जानकारी दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here