पहिरोले घर पुर्दा दुई छोराछोरीको मृत्यु, आमा घाइते

25
Want create site? Find Free WordPress Themes and plugins.

जेठ ३२–ताप्लेजुङमा पहिरोमा परि दुई बालबालिकाको ज्यान गएको छ । ताप्लेजुङ नगरपालिका–८ की सीता तामाङका तीन वर्षका छोरा अमृत तामाङ र चार वर्षकी छोरी अंसु तामाङको घरमा सुतिरहेको अवस्थामा पहिरोले पुरेर ज्यान गएकोे जिल्ला प्रहरी प्रमुख डिएसपी रामबहादुर केसीले बताउनुभयो ।

सोमबार बेलुकादेखि परेको पानीका कारण घर माथिको ढिस्को खसेर घर पुर्दा दुई जनाको ज्यान गउको हो । २९ बर्षकी सीता तामाङ भने घाइते भएको डिएसपी केसीले बताउनुभयो । सीताकी जेठी छोरी सस्मि अर्कै ठाउँमा सुतेकाले आमालाई बचाउन सकेको प्रहरीले जनाएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here