पहिरोले दुई वटा घर पुर्‍यो, एक जना बेपत्ता

20
Want create site? Find Free WordPress Themes and plugins.

साउन ७ – प्युठानको फोप्लीमा पहिरो खस्दा दुई घर बगाएको छ । एमबहादुर घर्ती र ओबिराम घर्तीको घर पहिरोले बगाएको हो ।

पहिरोले घर बगाउँदा ओबीरामकी १२ वर्षकी छोरी दालमती बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ओबिराम र एमबहादुरकी श्रीमती पनि घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

दुर्गम ठाउँ भएको र पहिरोले बाटो पनि अवरुद्ध गरेकाले प्रभावित ठाउँमा पुग्न समय लागेको प्रहरीले जनाएको छ ।

अहिले त्यहाँ स्थानीय बासिन्दा र प्रहरीले उद्धारको काम गरिरहेका छन् । फोप्ली गाविस रोल्पाको सिमानासँग जोडिएको गाविस हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here