पहिरोले सिद्धिचरण राजमार्ग अबरुद्ध

40
Want create site? Find Free WordPress Themes and plugins.

असोज ८ – सिद्धिचरण राजमार्गको हर्देनीमा पहिरो गएर सडक अवरुद्ध भएपछि ओखलढुंगामा खाद्यन्नसहित पेट्रोलियम पदार्थको अभाव भएको छ । ओखलढुंगा, काठमाडौं र तराईका जिल्ला जोड्ने सिद्धिचरण र मध्यपहाडी राजमार्गमा पहिरो खसेपछि खाद्यन्न र पेट्रोलियम पदार्थको ढुवानी रोकिएको हो ।
यात्रुबाहक र मालबाहक गाडी नचलेपछि उपभोग्य वस्तु ढुवानी सँगै यात्रुलाई दसैँको मुखमा आवत जावत गर्न समस्या भएको छ । सडक अवरुद्ध भएको बहानामा व्यापारीहरुले उपभोग्य वस्तुमा भाउ बढाएका छन् । पेट्रोल पम्पमा पेट्रोल र डिजेल अभाव भएपछि ओखलढुंगाका आन्तरिक सडकमा संचालन हुने यातायात समेत सुचारु हुन सकेका छैनन् । सडक खुलाउन सडक विभागलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले जानकारी दिनु भएको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here