पहिरोले १२ घण्टा अबरुद्ध भएको जयपृथ्वी राजमार्ग खुल्यो

25
Want create site? Find Free WordPress Themes and plugins.

असार १६ – पहिरोका कारण अबरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग १२ घण्टापछि खुलाइएको छ । बुधबार राति परेको पानीसँगै मटेला नजिकै पर्ने जाल्याबगरमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

तीन चार ठाँउमा पहिरो गएका कारणले सडक खुलाउन समय लागेको प्रहरीले जनाएको छ । अबरुद्ध सडक खुलेसँगै लामो तथा छोटो दुरीका गाडी सञ्चालनमा आएका छन् । सडक अबरुद्ध हुँदा बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डोटी, अछाम, डडेल्धुरा चल्ने गाडी बन्द भएका थिए ।

तर शाखा सडकहरु भने अबरुद्ध नै छन् । रुपातोला शाखा सडक, बागथला विजगडा शाखा सडक लगायत जिल्लाका अधिकांश शाखा सडकमा पहिरो जाँदा सडक अबरुद्ध भएका हुन् । सरोकारवालाले शाखा सडक खुलाउन पहल नगरेका कारणले शाखा सडकमा गाडी चल्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here