पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड वन्द हुदाँ यात्रु अलपत्र

610
Want create site? Find Free WordPress Themes and plugins.

असार ९– नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि यात्रु अलपत्र परेका छन् । झण्डै १२ घण्टादेखि जाममा परेका यात्रुले गाडीभित्रै रात काटेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ–६ मा बुधबार राति ९ बजे खसेको पहिरोले लामो जाम भएको प्रहरीले जनाएको छ ।

पहिरोले चण्डिभञ्ज्याङबाट ४/५ किलोमिटर तथा अर्कोतर्फ २०/२२ किलोमिटर जुगेडीसम्म जाम छ । डोजरले पहिरो पन्छाउने काम गरिरहेको भएपनि ठूलो पहिरो खसेकाले बाटो खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । वर्षा लागेसँगै नारायणगढ–मुग्लिनगढ सडकखण्डमा सधैँजसो पहिरो जाँदा यात्रुले कष्ट झेल्दै आएका छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here