पहिरो हटाएपछि अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्डमा खुल्यो

27
Want create site? Find Free WordPress Themes and plugins.

भदौ १७ – कालिखोलामा खसेको पहिरो हटाएपछि अवरुद्ध मुग्लिन नारायणगढ सडकखण्डमा गाडी चल्न थालेका छन् । बिहान ५ बजेदेखि अवरुद्ध सडक केहीबेरअघि खुलेको हो । अहिले निकै चापमा गाडी चलिरहेका मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ईश्वरी चापागाईंले बताउनुभयो । यो खण्ड अवरुद्ध भएपछि सिमलटारदेखि मुग्लिनसम्म नै जाम छ । उहाँका अनुसार पहिरो खसेको ठाउँ पार गर्न कम्तिमा पनि डेढ घण्टा लाग्छ । बाहिरी जिल्लालाई काठमाडौं जोड्ने मुख्य सडकखण्ड पटकपटक अवरुद्ध हुँदा यात्रुलाई सास्ती भएको छ । मुग्लिन नारायणगढ सडकखण्डको विकल्पमा पश्चिम जाने गाडी मुग्लिनबाट पोखरा हुँदै बुटवल तथा पूर्व जाने गाडी काठमाडौंबाट त्रिभुवन राजपथ, विपी राजमार्ग र दक्षिणकाली हुँदै हेटौंडा निस्कन सकिन्छ । तर सडक साँघुरो, घुमाउरो र भाडा महंगो पर्ने भएकाले धेरै यात्रुले मुग्लिन नारायणगढ सडकखण्डकै प्रयोग गर्ने गर्छन् ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here