पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मुत्यु, एक घाइते

6
Want create site? Find Free WordPress Themes and plugins.

माघ,२०-

जिल्लाको हिलिहाङ गाउँपालिका–७ भारपास्थित सल्लेरी बजार छेउमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । ताप्लेजुङबाट पाँचथर सदरमुकाम फिदिम आउँदै गरेको मे १ त ३४०६ नं को ट्र्याक्टर दुर्घटना हुँदा ताप्लेजुङ श्रीजङ– ४ का भुपेन्द्र दर्जी र श्रीजङ–२ का कमल भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ताप्लेजुङ सान्थाक्राका समीर शेर्पा घाइते भएका छन् । उनको उपचारका लागि पाँचथर जिल्ला अस्पताल ल्याइएको छ । ट्र्याक्टर सडकबाट करिब एक सय ७० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

-रासस

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here