पाँचदिनसम्म ११ करोड ५७ लाखको कारोवार

32
Want create site? Find Free WordPress Themes and plugins.

धर्मेन्द्र दाहाल
हेटौँडा÷मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको पाँचौें दिन आज सोमबारसम्म ११ करोड ५७ लाखको कारोबार भएको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताउनुभएको छ । त्यो मध्येमा अटोमा मात्रै ८ करोड १६ लाख, बाल उद्यान, डाइनोसर, चिडियाघरमा १ करोड ६६ लाख, आइटी, रेडिमेड, होटल, कृषि, आईस्क्रिमलगायत विभिन्न स्टलमा १ करोड २३ लाख रुपियाँको कारोबार भएको मेला संयोजक न्यौपानेले बताए । त्यस्तै पाँचौंदिनसम्म एकलाख दर्शकले मेला अवलोकन गरिसकेको मकवानपुर उद्योग वाणिज्य संघ महासचिव तथा मेलाका प्रवक्ता महेन्द्र राउतले बताउनुभएको छ । सोमबार मात्रै ३२ हजारले मेला अवलोकन गरेका छन् भने ५२ लाखको कारोवार भएको संघका अध्यक्ष तथा संयोजक न्यौपानेले बताए ।
सोमबार हास्यकलाकार मनोज गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा दर्शकहरुलाई पेट मिचिमिचि हास्न बाध्य बनाएका थिए । त्यस्तै अन्य चर्चित राष्ट्रिय गायकहरु प्रमोद खरेल, लोक गायक हेमन्त शर्मा तथा गायिका सहिमा श्रेष्ठले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए । त्यसैगरी स्थानीय कलाकारहरु सिजल उप्रेती, फिउजन डान्स सेन्टर, कलिउड डान्स सेन्टर, तलेजु डान्स सेन्टर, श्रृजना कलाकेन्द्रका कलाकारहरुले नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए । मेलामा चुरेहिल अस्पताल प्रालिले ३ सयजनाको स्वास्थ्य परिक्षण गरेको छ । परिक्षणमा १ सय ५० जनाको ब्लडप्रेसर, ८० जनालाई मेडिसिन र अन्य चोटपटकको औषधीउपचार गरिएको चुरेहिल अस्पतालले जनाएको छ । त्यस्तै हेटौंडा अस्पतालले पनि ५७ जनालाई निःशुल्क सेवा दिएको छ । जसमध्ये ९ जनाको प्राथमिक उपचार, ३२ जनाको ब्लडप्रेसर र २६ जनालाई औषधी वितरण गरेको हेटौंडा अस्पतालकी स्टाफ नर्स पूजा रिजालले बताउनुभयो । त्यस्तै युनियन ड्रग हाउसले साधारण चेकअप ४० जना, औषधी वितरण ३२ जना र ब्लप्रेसर चेकजाँच ४६ जनाको गरिएको युनियन ड्रग हाउसका रवि कार्कीले बताए । जिल्ला रेडक्रसले पनि १६ जनालाई प्राथमिक उपचार गरिएको बताइएको छ ।
त्यस्तै जिल्ला कृषि कार्यालयले जिल्लामा उत्पादन विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । त्यसैगरी मेलामा सूचनाप्रविधि सम्बन्धी विभिन्न मोवाइल, कम्प्युटर र इन्टरनेटसम्बन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएको उद्योग वाणिज्य संघका महासचिव तथा प्रवक्ता महेन्द्र राउतले बताए ।
त्यसैगरी हेलिकप्टरमा सोमबार ५५ जनाले घुमेर मनोरञ्जन लिएको हेलिकप्टर संयोजक उज्ज्वल चौलागाईले बताउनुभयो । चौलागाईकाअनुसार हेलिकप्टर यही २६ गते बुधबारसम्म मात्र रहने भएकोले हेलिकप्टर चडेर मनोरञ्जन लिन चाहानेले चाँडै सम्पर्क गर्नसमेत आग्रह गरे । मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्दान, चिडियाखाना, खानाका विभिन्न परिकारका साथै अटो, हर्वल, महिला उद्दमी, घरेलु, रेडिमेड, आइस्क्रिम, का साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको थियो भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो । राष्ट्रिय औद्योगिक ब्यापार मेला ३० गतेसम्म चल्नेछ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here