पाँच नम्बर प्रदेश टुक्राए आन्दोलनबाट जवाफ दिने’

21
Want create site? Find Free WordPress Themes and plugins.

मंसिर ७ – अर्घाखाँची जिल्लाका राजनीतिक दलले ५ नम्बर प्रदेश टुक्राउने चलखेल भइरहेको र त्यसो गरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । पहाड र तराई भनेको घर र बेँसी जस्तै भएकोले भन्दै उनीहरुले तराई र पहाडलाई अलग गर्न नहुने बताएका छन् । तराईका जिल्लाहरुबाट गुल्मी, पाल्पा र अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेट्न खोजे त्यसको जवाफ आन्दोलनबाट दिने उनीहरुले बताएका हुन् ।  अर्घाखाँची उद्योग बाणिज्य संघ र नेपाल पत्रकार महासंघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको ५ नम्बर प्रदेश टुक्राउन नदिने बिषयक अन्तर्किया कार्यक्रममा बोल्दै नेपाली  कांग्रेसका अर्घाखाँचीका जिल्ला सभापति बिष्णु प्रसाद खनालले कुनै पनि बहाना बनाएर संघीय पुनर्संरचनाको नाममा ५ नम्बर प्रदेशलाई टुक्राउने र तराईका जिल्लाहरुबाट गुल्मी पाल्पा अर्घाखाँचीलाई छुट्टै ठाउँमा समेटन खोजे त्यसको प्रतिकार आन्दोलनबाट गर्ने चेतावनी दिनुभयो ।  पहाडी तथा तराईका जिल्ला समेटेर बनाएको अहिलेको संरचना नै उपयुुक्त भएको बताउँदै टुक्राउने भन्ने कुरा असम्भव रहेको नेताहरुले बताएका छन् । नेकपा एमालेका अध्यक्ष चेतनारायण आचार्यले देशी विदेशीको इसारामा अहिले सरकार ५ नम्बर प्रदेशलाई टुक्राउन लागि परेको आरोप लगाउनुभयो । नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक छमकुमारी खनालले ५ नम्बर प्रदेश कुनै बहानमा टुक्राउन खोजे आफूहरुले प्रतिकार गर्ने र जनता सडकमा उत्रने बताउनुभयो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here