पाथीभरा गोल्डकपको उपाधी झापाली टोलीलाई

40
Want create site? Find Free WordPress Themes and plugins.

१ भदौ,
ताप्लेजुङमा सम्पन्न पाथीभरा गोल्डकप फुटबलको उपाधि झापाको गोर्खा स्पोर्टिङ क्लवले जितेको छ ।

बिहीबार भएको फाइनलमा घरेलु टोली संघर्ष स्पोर्टिङ क्लवलाई पराजित गर्दै झापाले उपाधि हात पारेको हो । उपाधिसँगै उसले १ लाख ५१ हजार १११ रुपैयाँ पुरस्कार पायो । उपबिजेतामा चित्त बुझाएको संघर्षले १ लाख ११ हजार १११ पायो ।

१-० ले पछि परेको स्थितिलाई उल्टाउँदै गोर्खा स्पोर्टिङले संघर्षलाई २-१ गोलले पराजित गर्‍यो । खेलमा अग्रता भने संघर्षले लिएको थियो । पहिलो हाफमा क्रिस राईले संघर्षका लागि गोल गरेका थिए ।

तर दोस्रो हाफमा गोर्खा स्पोर्टिङका लागि दिलेन लोत्ताम र सुजल श्रेष्ठले गोल गर्दै टोलीलाई उपाधिको हकदार बनाए ।

यता विहीवारनै सम्पन्न कञ्चनजंघा च्यालेन्ज रनिङकप महिला फुटबल प्रतियोगिताको उपाधि पनि पारीजात महिला फुटबल क्लब झापाले हात पारेको छ । सुर्योदय युथ क्लब मोरङलाई एक शून्य गोल अन्तरले हराउँदै झापाले उपाधी हात पारेकोे हो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here