पाल्पामा ट्रिपर दुर्घटना, चारजनाको मृत्यु

37
Want create site? Find Free WordPress Themes and plugins.

वेशाख,१०–

पाल्पामा आइतबार दिउँसो भएको ट्रिपर दुर्घटनामा चार जनाको ज्यान गएको छ । सुनवलबाट पाल्पाको मरेकमा ढुङ्गा लिन छुटेको लु १ ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ भलाएवासमा दुर्घटनामा परेको हो ।  दुर्घटनामा परि चालक तिनाउ ६ का २७ वर्षिय पुरन सारु, उहाँका श्रीमती २४ बर्षिया बाल कुमारी, छोरा ५ वर्षिय हेमेस र सहचालक २२ वर्षिय विमल कनौजे मगरको घटनास्थलमै ज्यान गएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिनुभयो ।  अप्ठयारो भिरमा ट्रिपर खसेकाले बेलैमा उद्दार गर्न नसकिएको प्रहरीले जनाएको छ । यसअघि आक्ष्तबार बिहान  पाल्पाकै पालुङ्गमैनादीमा भएको जिप दुर्घटनामा ३० वर्षिय दान बहादुर गाहाको ज्यान गएको थियो ।

Did you find apk for android? You can find new Free Android Games and apps.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here